w

twitter facebook google plus linkedin rss feed email

Monday, November 5, 2012

अधुरो अधुरो व्यथा


यो शिर्षकबिनाको कविता हो, मैले २०५५ सालको अन्तिमतिर खानेपानी विभागमा जागीर गर्ने क्रममा एकजना युवतीलाई मनपराएको थिएँ । उनी मलाइ एकदमै मन पर्थिन त्यो क्रममा उनीसँग मैले राखेको प्रस्तावलाई उनले लामो समयसम्म जवाफ नदिएपछि म व्याकुल भएर लेखेर उनको हातमा थमाएको कविता २०५६।२।२९ गते । यो कविता करिव १३ साल पछाडी उनले मलाई फिर्ता दिइन् यतिबेला यो कविता मैले पाउँदा म आश्चर्य चकित भएको थिएँ ।

रोदनको सागरमा अधुरो अधुरो व्यथा छ
जलेको खरानी भुइँमा उडेको मेरो कथा छ
विषाक्त विष पिउँदै अशक्त भइ जिउँदै
शुभकामना दिनलाई क्षितिजको बाटोमा
रुझेको अतीत भिजेको वर्तमान आँसुको माटोमा
अब त π बेचैन छ जीवन पर्दैन स्वागत कसैको
आपूm जिउँछु अब चाहिन्न सान्त्वना कसैको ।।

ज्वालामुखी सरी भो लामा बने व्यथा ती
वर्षा बने जीवन चट्याङ बने उषा ती
मुर्दा बनेर जल्छ यो श्रीखण्ड चाहिन्न चितालाई
लप्का बनेर बल्छ यो पाठक चाहिन्न गीतालाई
हाँसे हुन्छ खित्कामा, तर्साइदिन्न मसान भै
पर्खन्न अब कहिल्यै हाँस्न सिकुँला घाटमै ।।

काँडा हुन्नँ कसैको आफैं झरेर जाउँला
नपिऊन् कसैले विवशता आफैं च्यापेर खाउँला
जे हुन्छ अब ममा ठीकै भएको ठान्दछु
चाहिन्न बाटो मलाई आफैं नै हिँडिसकें
चाहिन्न चिनारी कसैको आफैं नै चिनिसकें
आँधीको भुमरीमा अपुरो अपुरो व्यथा छ,
उडेको टुक्रा टुक्रा धुलो मेरो कथा छ ।।
प्राप्त मिति २०५६।२।२९
महेन्द्र पौडेल, ‘अजित’
(नोट ः यो कविता मलाई प्राप्त हुँदा शीर्षक थिएन)