w

twitter facebook google plus linkedin rss feed email

Wednesday, August 29, 2012

आज कता कता

आज कता कता छाती दुःखीरह्यो, एउटा पीडा अनुभव भइरहेको थियो परिणामतः शारिरीक पीडा हुन पुग्यो । जसरी एकान्त बनमा लाटोकोसेरो कराउँछ त्यसरी छातीको भित्री भाग दुःखीरह्यो । बिचारको असमानताले, स्तरको असमानताले मानिसहरुमा भेटिंदा नादान भन्नुबाहेक केही लागेन । स्वीट मार्टेनले मुर्खहरु तर्क गर्दछन् भन्ने साँचो लाग्यो, मुर्खसँग तर्क गर्नुभन्दा बरु एकान्तनै प्यारो लाग्न थाल्यो, जहाँ सम्झना नै जीवनको साथी हुँदो रहेछ । 

Saturday, August 25, 2012

खोई ?

म यतिबेला ठिक मुग्लीङ्गबाट बस चढेँ मकालु यातायात ५६८९ यात्राभरी उनको सम्झना आइरहेको छ । के गर्ने खोई ?

Thursday, August 23, 2012

औजस्याय पेशा

नेपालमा मुद्धा खाइयोथ्यो खाइयोथ्यो हुँदा हुँदा विदेशमा पनि मुद्धा हालेछन् यार यो पत्रकारिता जहिल्यै पनि औजस्याय पेशा भन्या 

Monday, August 20, 2012

गजब छ बा

गजब छ बा माइनोरिटीलाई पो परिचय पत्र बाड्नुपर्ने कतै पहिचान हराउँछ भनेर । अब गरिबीलाई परिचय पत्र रे, यसै त ५० भन्दा बढी गरिबीको रेखमुनी छन् त्यही माथी ५२ प्रतिसत भ्रष्ट्रचार राजनीतिज्ञहरुबाट भएको छ जसबाट गरिब झन गरिब भइरहेका अवस्थामा भ्रष्ट्रचारी र तस्करहरुको परिचयपत्र सार्वजनिक नगरेर गरिबहरुको झन आस्था र स्वभिमानमा आँच आउने परिचयपत्रले के गर्दछ ? अवसर र औचित्य नभएको परिचयपत्र बोकेर सार्वजनिक ठाउँमा अपहेलित हुन को चाहन्छ, मर्यादा, शान र इज्जतमा प्राय सवै वस्न चाहन्छन् । सरकारको आँखा छ देख्दैन, कान छ सुन्दैन, दिमाग छ सोच्दैन क्या

Friday, August 17, 2012

उफ यो रात किन अध्यारो छ?


उफ यो रात किन अध्यारो छ? निस्तब्ध रात सानो आवाजले पनि कोलाहलग्रस्त हुन्छ, यी मानिसहरु किन कराउँदै छन् ? म यस्तै यस्तै सोच्दै रात काटिरहेको थिएँ । मेरो अघिल्तिर एउटा कालो छायाँको धव्वा छ , म डरले कामिरहेको थिएँ । होइन हाम्रो गेटमा मुल नाइकेको रहेछ उसले बेला बेलाका कसले के गर्दछ नियाली रहन्छ र प्रशासनलाई जानकारी गराउँछ । उतापटिृबाट नारी संवेदनाका कोलाहलग्रस्त रुवाई निरन्तर मेरो कानमा बज्रिरहेको छ । म त्यो गहिरो पीडादायी श्वरलाई थाम्न सक्दिन मेरो मुटु त्यसै त्यसै भक्कानिन्छ । यस्ता रुवाई मैले सानोमा सुनेको थिएँ । 

जव म ५ वर्षको थिएँ । मेरो स्कुल डेढ घण्टा हिडेर जानु पर्दथ्यो । बाटोमा एउटा मगरनी भाउजुको दुकान थियो । उनको श्रीमान दुःखो जिलो गर्न भारततिर जान्थे र वर्षका एकपटक आउने गर्दथे तर पहाडको खोँचबाट भारत सरकारले सिद्धार्थ राजमार्ग बनाएको थियो त्यही राजमार्गबाट हामी स्कुल जाने गर्दथ्यौं । राती भरमग्दुर पानी परेको थियो र विहान पख पहाडका माटोहरु गल्छ कही कही पैरो समेत जाने गर्दछ । त्यसदिन विहान पनि माथीबाट पहिरो गएर त्यो दाइलाई ढुंगाले लागेछ विचरा, पानी पनि भन्न नपाई ठहरै भएका उनी त्यसदिन उनको धर्मपत्निले डाँको छोडेर रोएको याद मेरो जीवनको अविस्मरणीय याद हो । नारी जसले आफ्नो जन्मदिने बुबा आमा देखि उनले पाएको सवै संस्कार संस्कृति लाई तिलान्जली दिएर एउटा परपुरुषसँग समागम गर्न आइपुग्छे अझ भनौं वंश धान्न, उसले हरेक वाधा र व्यवधान वेहोर्नु पर्दछ जवसम्म उसले पुरुषप्रधान समाजमा गाडधन जोहो गर्नेलाई पैदा गर्न सकिन भने । 

बिचमा खम्बा छ, उतापटिृ महिला बन्दी रे यतापटिृ पुरुष । रात त्यसै त्यसै काटिन्छ उडुस र चिसो भुईमा विहान पख मिर्मिरे घाम झुल्किन्छ, घामका किरणहरुले मेरो निन्द्रलाई खुलाउँछ । जव निन्द्रा खुल्छ मैले आफुलाई संवेदनहिन पाउँछु । जहाँ मानिसहरु संवेदनहिन भएर वसेका अनेकौं कल्पनामा रमेका पाउँछु । युरोपको वसाईमा फेसबुक र इन्टरनेट भन्दा टाढा नभएको म । मोबाइल मोबाइलमा पल पलको खवरहरु अपडेट हेर्ने बानी थियो मेरो । एउटा ल्यापटप टेवुलमा र आइफोन सिरानीमा राखेर सुत्दथे । क्रमशः....

असफल संविधानसभा र आक्रोसित जनता


असफल संविधानसभा र आक्रोसित जनता
महेन्द्र पौडेल
सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, ‘विर्सेउ र भाई, पहिले पनि शेरबहादुर देउवाले भंग 
गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथयो । अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न प¥यो भनेर आन्दोलन हुनसक्छ’ । राजनीतिकको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ । उक्त वाक्य पत्रकार दिपक भट्टराइले आफ्रनो फेसवुक स्टाटसमा लेख । यस्तै गरी पत्रकार रामहरीले ‘मुलुकमा अनिष्ट हुने हो की भन्ने खतरा बढ्यो । फेरी विदेशीहरुले चुनावको नाममा चलखेल गर्न पाउने भए । संविधानसभाको नाममा साँढे नौ अर्व पनि यिनै नेताहरुले सके । नयाँ चुनावको नाममा देशमा थप आर्थिक भार थोपर्ने भए, आर्थिक रुपमा कंगाल जस्तै बनेको देश झन कंगाल हुनेभो’ । 

यसैगरी पत्रकार राजेन्द्र फुयालले लेखे ‘नयाँ संविधान जारी नगरी संविधानसभाको कार्यकाल सकियो । ९ अर्ब रुपैया मात्र होइन जनताको सपना र वर्षौसम्म राज्यले गरेको स्रोतसाधन बालुवामा पानी भयो । लोकतान्त्रिक आन्दोलनका उपलब्धि संस्थागत नगरी संविधानसभाको अवसान भयो । मुलुक फेरी एकपटक जनप्रतिनिधि विहिन अवस्थामा पुगेको छ । राती सवा दुई बजे समाचार फाईल गरियो । पुर्वराजा ज्ञानेन्द्रले आजै आफ्नो वेभसाईट सार्वजनिक गरेछन् । 

‘नेपालको संविधानसभाको असमायिक निधनप्रति हार्दिक श्रद्धान्जली तथा मृत आत्माको चिर शान्तिको कामनाकासाथै ६०१ जनालाई नर्कलोकमा बास होस् भन्ने कामना गर्दछु । यो भनाई एकजना सुवाश गुरुङको फेसवुक स्टाट्वाट लिइएको हो । 

यसरी पत्रकार तथा सर्वसाधारण जनताको आक्रोस हिजो फेसवुकमा व्याप्त देख्न सकिन्छ । देश तथा विदेशमा रहने नेपाली दाजुभाई तथा दिदी वहिनीहरु जति चिन्तित थिए त्यसको भविष्यको लागि त्यति चिन्तित नेताहरुमा देखिन पाइएन । सर्वोच्चले अथ्र्याएको पाठलाई अन्तिम अवस्थामा कुल्चने चेष्ठा सरकारले गरेतापनि अदालतले दरपिठ नगरी तुहाइदियो । कानुनको पालना गर्न सरकारलाई करै लागेतापनि अन्तत प्रधानमन्त्री वावुराम भट्राईले अन्तरीम संविधानको कुनै धारा र उपधाराको व्याख्या नगरी सिधै मंसिर ७ मा निर्वाचन गर्ने गरी देशलाई धकेलिदिए ।  आज ४ सालपछि मृत सावित भइसकेको संविधानसभामा सभासदलाई जनताले दुइवर्षको अवधि दिएर संविधान बनाउन पठाएका हुन् । तर संविधानसभा विधानसभा जस्तै हुनुपर्ने थियो तर संसद जस्तो हुन पुग्यो । सरकार ढाल्ने बनाउने कुटिल बाघचालमा सभासदहरु लिप्त हुनपुगे । आफ्नै आसेपासे हनुमानहरुलाई झिंना धपाउन प्रयोग गर्दै देशको १० औ अरव रुपैया खाएर जनताको थाप्लोमा ऋण मात्र बोकाएनन् स्वयं उनीहरु अन्तिम घडीमा आफ्नो गुमीसकेको नपुंसकतालाई नाटकिय नारामा परिणत गर्दै अन्तत नपुसंकनै ठहरिए । आज निश्चयनै ४ वर्ष अगाडी भएको चुनावको महोल र अहिलेको चुनावी माहोल फरक छ । अहिले जनता सचेत छन्, सुचना र संचारको पहुँच करिव सवैक्षेत्रमा पुगीसकेको छ भने फेसवुक मात्रै तीस लाख नेपालीहरुले प्रयोग गर्दछन् । अधिकांशको घरमा कप्यूटर र आइप्याड जस्ता अत्याधुनिक साधन छन् । समाचारको श्रोतको लागि त्यति मात्र कहाँ हो र गणतन्त्रको स्थापना पश्चात कोठे पत्रिका देखि राष्ट्रिय स्तरका दैनिक पत्रिका, राम्रा अनलाईन बेबी अनलाईनसम्मले छ्याप्प छ्याप्ती समाचारहरु सेकेण्ड सेकेण्डमा अपडेट गरिरहेका छन् । सुचना र संचारको माध्यमले जनतामा आएको व्यापक जनचेतना ४ वर्ष अगाडी र अहिलेको फरक आकाश र जमिन छ ।  यस्तो अवस्थामा धेरै पल्ट विग्रेको मेसिन फेरी विग्रनु कुनै फरक नभएतापनि अतिवादको सह्य अव जनतामा नहुन सक्छ यसको उदाहरण केही दिन पहिले दरवारमार्गमा भएको सदभाव ¥यालीमा उपस्थिति विशाल जनसहभागितालाई हेर्न सकिन्छ । 

एमाओवादीको राजनीतिक र रणनीतिक चालभित्र फसिसकेका दलहरुलाई अन्तिम अवस्थामा आएर चेत खुलेको हो । यदि नेपाली कागेंस र एमालेले पहिलेनै दिल्ली सम्झौताको १२ बुँदेलाई आत्मसाथ गर्न र गराउन पहल गरेको भए सेना समायोजन पहिले नै हुन्थ्यो ।  एमाओवादीले अन्तिम घडिमा आएर सेना समायोजनको नाटक गरी शिविर खाली गरेर तिनीहरुलाई चुनावी कार्यकर्ता वनाउने रणनीति पहिलेनै बुनिसकेको थियो । नेताहरु तिनै हुन् जो संसदीय अभ्यासमा विगतमा खेलेका भूमिकालाई एमाओवादीले राम्रैसँग नापिसकेको थियो जंगलवाटै । त्यसैले एउटा तप्का समानुपातिकवाट चुनिएका वरिष्ठ एमाओवादी नेता मोहन वैद्य किरणले सभासद पदलाई लत्याएर संविधानसभाको उपहास गरिसकेपछि दलहरुले त्यतिबेलै वुझ्नुपर्ने थियो यो संविधानसभा एमाओवादीको एउटा भ¥याङमात्र हो । यसवाट उनीहरु समाधान चाहेका छैनन् भनेर । साम, दाम, दण्ड भेदका सवै कसुर वाँकी नराख्ने रणनीतिमा पुगेको एमाओवादीका नेताले संचार माध्यममा गोहीका आँशु झराल्दै अर्को नाटक गर्न पुगे । ती नाटककार तीनै हुन् जनयुद्धको बेला प्रकाश भनिने नामले चिनिएका नारायणकाजी श्रेष्ठ कुनैवेला जनयुद्धताका राजासँग वार्ता गराउन पर्दा पछाडि भूमिका खेल्ने मध्येका एक हुन् । प्रचण्ड अर्थात पुष्पकमल दाहाल सार्वजनिक भइसकेपछि पनि नारायणकाजी श्रेष्ठले संचार माध्यममा आफु अर्ध भूमिगत रहेको भनेर आधा आकृतिसहितको अन्तरवार्ता टिभीमा प्रसारण गरेको थियो । त्यतिबेलानै उनको नाटकिय कलाको प्रशंसा नेपाली जनताले नगरेका होइनन् त्यो उनको एउटा घुक्र्याइ पनि थियो भन्ने कुरा एमाओवादीमा समाहित हुँदा उपाध्यक्ष पद पाएपछि थाहा भयो । यसरी १५ हजारको वलिदान र १९ दिने जनआन्दोलनको म्याण्डेटलाई जोगाउन दलहरु एकढिक्का हुन सकेनन् ।

त्यसो त आर्थिक रुपमा तहस नहस रहेको नेपालको अर्थतन्त्रलाई राम्रोसँग वुझेका डा. भट्टराई स्वयं अनभिज्ञ भने छैनन । भर्खरै मात्र नेपाल ट्राभल एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदनमा भनिइएको थियो, कि नेपाल आउने पर्यटकहरु ५० प्रतिसतले घटिसकेको अर्थात ५० प्रतिसत पर्यटकहरु आफ्नो भ्रमण छोट्याएर फर्केका आधा जसोले आफ्नो भ्रमणको कार्यक्रमलाई रद्दगरिसकेको अवस्थामा पुगिसकेको जानकारी आयो । अझ भनौं लगानी वर्ष भनेर घोषणा गरि लगानी वोर्डको सम्म स्थापना गरेको सरकारको आगामी कार्यक्रमहरु प्रभावित हुनेछन् । गैर आवासीय नेपाली लगायत विदेशमा वसेर कमाएको धन, ज्ञान, सीपलाई नेपालमा उपयोग गर्ने पर्खाइमा रहेका प्रवासीहरु चिन्तित हुन पुगे । 
संविधानसभा त्यतिबेला असफल हुन पुग्यो जव यसले पहिलो पल्ट म्याद थप्ने प्रस्ताव अघि सा¥यो वारम्वार संगिनी सुइ प्रयोग गर्न खप्पिस नेताहरुमा एउटा भ्रम के रहन पुग्यो भने सहमतीले हरेक कानुनी वाधा र व्यवधान फुकाउन सकिन्छ भन्ने । तर सहमतीको पनि एउटा सिमा र परिधी हुन्छ कानुनी राजमा । नेपालको राजनीतिमा व्यवस्थापिका मात्रै वारम्वार असफल हुन पुग्नुमा समकालिन नेतृत्वपनि दोषि छ । शिक्षा स्वास्थ्य र समानहकाधिकार विना समानुपातिकवाटै छानिएका केही अनभिज्ञ सभासद, कानुनले कसुर ठह¥याएकाहरुको क्रिडास्थल बनेको संविधानसभाको भवनमा बौद्धिक जमातको कमै मात्र उपस्थिति हुने हुनाले स्तरीय दवावभित्र संविधानसभा हुन सकेन । संघीय र जातीय राज्यका नाममा उठाइएका विवादास्पद कुराहरुको स्पष्ट ढाँचा पहिलेनै अगाडी सारिदिएको भए आन्तरिक रुपमा दलभित्र विभाजित हुन पुग्दैनथे । यो अर्थमा माओवादी सफल पनि भयो, उसले एकातिर नेपाली जनतामा जातीय विभाजनको स्टाम्प लगाईदियो भने अर्कोतिर दलहरुलाई विभिन्न जाति र उपजातिको आधारमा टुक्राउने कुचेष्टा सम्म गर्न पुग्यो । 

०५० साल बुटवलको एउटा आमसभामा पहिलो पल्ट मैले डा. वावुराम भट्टराइको भाषण सुन्ने मौका पाएको थिएँ । राजनीति त्यति नवुझेको त्यतिबेला उहाँले वोलेको कुरा मेरो दिमागमा जहिले पनि रहन्थ्यो उहाँको शब्दमा ‘कम्यूनिष्टहरु कहिल्यै पनि प्रतिपक्ष भएर वस्ने छैनन् किनकी सत्ता बन्दुको नालवाट जन्मन्छ यदि अहिलेको एमाले झै हामी प्रतिपक्ष भएको भए हामीले सत्तापक्षलाई ढालिदिन्छौं’ यस्तो शब्द वोलेका भट्टराई अन्तत भूमिगत हुन पुगे । उनको आखीझयाल किताव जव पढ्न पाएँ उनीप्रति जनता र देशको माया होला भन्ने जागेको थियो । युद्धकालमा धमाधम बुर्जुवा शिक्षा भन्दै स्कुल वन्द गराउँदै हिड्ने माओवादी स्वयंले केही पत्रपत्रिका डा.उपाधी सहितको लेख आउन थालेपछि ०५७ सालमा म द्वारा लिखित डा.उपाधी खोसिनु पर्दछ किनकी उनले पनि वुर्जुवा शिक्षावाट पाएको उपाधी हो, भन्ने खालको लेखवाट मैले मानसिक दवाव खेप्नुपरेको थियो । एमाओवादी शान्तिवार्तामा आइसकेपछि क्याम्प क्याम्पमा वस्दै उनका कतिपय कार्यकर्ताहरु स्वयं फेरि पढ्न थाले र अहिले सावित हुन्छ उनीहरुले कति भ्रमको खेती गरिरहेका रहेछन् भन्नेकुरा । हाम्रो पाठ्य प्रणाली त्यही हो जुन परिवर्तन भएको छैन । यही भ्रम सिर्जना गरिरहेका छन एमाओवादीहरु अहिले जनजातीका नाममा । द्वन्दवादले के भन्छ भने ‘ कन्फ्युजन गराउँ र द्वन्द गर’ कुनैपनि कुराको स्पष्ट भिजन क्लिएर जनता सामु नआएपछि अवस्य नै द्वन्द हुन्छ अनेक विचारहरु आउँछन् । ती विचारहरु विरोध र विपरितका विचारपनि हुन्छन् । अनि माओले भनेजस्तै अर्को अस्त्र प्रयोग हुन्छ ‘सवै फुल सवै माली वरावर’ यही सुत्र अनुसार प्रचण्डले वोलेका छन् ‘राष्ट्रवादीको एकता हुन जरुरी छ’ यसको मतलव हुन्छ हरेक विरोधीहरुलाई चिन्न सकियोस अनि चिनिसकेपछि उनीहरुको प्रयोग गर्दै सत्ता कव्जा गर्ने ।  अनि माओले लगाएझैं डोजर लगाउने । अव हेरौं यो प्रयोगलाई अन्तर्राष्ट्रिय जगतले वुझेको हुनुपर्दछ, त्यसैले अमेरिकाले आफ्नो आतंककारी सूचिवाट एमाओवादीलाई हटाएको छैन । विश्वमा कहीँ उदाहरणहरु छैनन होला जो चुनावमा जितेर सत्ता समाल्दापनि आतंककारीको सूचिवाट नहटेको होस, केवल एमाओवादी वाहेक । यही कुरालाई वुझेर कमरेड प्रचण्डले  ढुंगेल काण्डले तताएको अन्तर्राष्ट्रिय आँखालाई निमिट्यान्न पार्दै हेगबाट बच्न उनले हतार हतार सत्य निरोपण आयोग गठन गरि सवै अभियोगलाई किनारा लगाउने अभियानमा जुटे । 

यद्यपि एमाओवादीले आफुलाई राजनीतिकको सर्वेसर्वा ठान्दै रहने हो भने वा नेपाली जनतालाई अझै छारो हाल्ने काम हुने हो भने अव यो दल डा.केआई सिंह वा नाममात्रको नेता र पार्टी हुनेछ । एमाओवादीलाई राम्रोसँग थाहा छ कि पत्रकार जगत उसको साथमा छैन भनेर । किनभने पत्रकार समाजको सुचना प्रवाह गर्ने स्वतन्त्र निश्वार्थ माध्यम हो न कि उनीहरुको माक्र्सवाद वा अरुकुनै दर्शनवाट प्रभावित सुचना सम्पे्रषण गर्ने ? त्यो अन्धो शब्दको प्रयोग हुँदैन भन्नेकुरा विश्व परिवेशले देखाइसकेको छ । त्यसैले खुला र समाजवाद सिद्धान्तमा मात्रै पत्रकारहरुको हक र हितको सुरक्षा हुन्छ भन्नेकुरा राम्रोसँग पत्रकारजगतले वुझेको हुनुपर्दछ । यसरी विभाजित गराउने मनसायवाट एमाओवादी विफल भएको हो । 

समकालिन नेतृत्व र विगतको पाठलाई वुझेको एमाओवादीले त्यही रुप प्रयोग ग¥यो, जुन संसदिय अभ्यासमा भइसकेका छन् तर त्यतिबेला ०४७ सालको संविधान अन्तरगत भएका थिए, त्यो वुझाइमा चुक्न पुग्यो र चार चार सालसम्म अनिर्णयको वन्दी वनाइएको संविधानसभालाई न आफुले काम गर्न दियो न अरुहरुलाई काम गर्ने वातावरण सिर्जना गरिदियो र अन्तिममा संविधानसभालाई नाकाम र गर्दै भ्रुणहत्यामा सामेल भयो, तथापि सहन शक्ति भएका नेपाली जनतामा अव भने विर्सने वानी छैन् भन्नेकुरा वारम्वार भइरहने विभिन्न तह र तप्काका मानिसको फेसवुक अपडेटवाट पनि वुझ्न सकिन्छ जनता सचेत छन् भुल्ने छैनन यो कालो इतिहासलाई र आक्रोसित छन् प्रत्येक दलको भूमिकाप्रति अव समिक्षा जनताले गर्नेछन् । चेतना भया । 
लेखक हिमालय टाइम्सका पत्रकार हुन
जेष्ठ १६ हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकासित 

Thursday, August 16, 2012

फरिद जकरिया र हामी बुद्धप्रेमी

महेन्द्र पौडेल
बेल्जियम, ३२ श्रावण ः  

गतकेही हप्ता अगाडी नेपाली संचारमाध्यमका मिडियाहरुमा जताततै फरिद जकरियाको विषयलाई लिएर समाचार सम्पे्रषित भए । हरेक संचारकर्मी र पत्रकारहरुले ट्वीटर, फेसबुकजस्ता सामाजिक सन्जालको माध्यमबाट आक्रोस र खुशीव्यक्त गरे । कसैकसैले पाप धुरीबाट कराउँछ पनि भने ।  किनकी प्रसिद्ध टेलिभिजन प्रस्तोता एवं सीएनएनका 

स्तम्भकार फरिद जकरियालाई एकमहिनाको लागि निलम्बन गरिदियो र उनको स्तम्भ रोकिदियो कारण चोरेको आरोपमा । फरिद आफैं यो कुरा स्वीकार गरेर उनले आफ्ना पाठकलाई ट्वीट गर्दै स्टेटमेन्टपनि दिएका छन् । जसलाई सीएनएन वल्डले  अगष्ट १०, २०१२ मा छापेको छ । यो उनले ठूलो भूलगरेको गल्ति 

स्वीकारेका छन । जुनकुरालाई १,५५२ जनाले ट्वीट गरेभने ४४२ जनाले फेसबुकमा शेयर गरेलगत्तै यो लेख तयार पार्दा सम्ममा ५७२ वटा कमेन्टहरु आइसकेका छन् । यसरी यउटा प्रसिद्ध लेखक तथा स्तम्भकारले अर्काको लेख वा किताबबाट हुवहु सारेर चोरेको भरमा माफी माग्नुपरेको घटनाले सीएनएनको विश्वसनियतामाथी प्रश्न मात्रै उठाउँदैन, उनको नियतसँग पनि जोडिन्छ । उनका धेरै कितावहरु छन् । त्यसमध्ये ‘द पोष्ट अमेरिकन वल्ड’ भन्ने पुस्तकको विषयमा नेपालका एकजना सभासद तथा राजनीतिक विश्लेषकले लेख्छन् कि  किताबको बारेमा विस्तृत टिप्पणी गर्न गैरहेको छैन । मैले पढ्दै जाँदा किताबको १५४ पृष्ठको अन्तिम प्याराग्राफमा गम्भीर र आपत्तिजनक प्रसंग भेटें । एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको स्वाभिमानी नेपालीलाई उनको त्यो लेखाईले गहिरो चोट पुर्‍यायो ।

व्यवस्थापिका(संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसलाई गम्भीर रुपमा उठाए । त्यो कुरा गृहमन्त्रीमार्फत संस्कृतिमन्त्रीकहाँसम्म पुगेछ र राष्ट्रपतिको ध्यानाकर्षण गराएको कुरा पनि जाकारी भयो । जकरियाको बौद्धिक क्षमता र राजनीतिक विश्लेषणको चर्चा र प्रसंशा भैरहेको बेला आफ्नो महत्वपूर्ण ग्रन्थमा विष वाक्यको प्रयोग गरेर सम्पूर्ण देशभक्त स्वाभिमानी नेपालीको मुटुमा मात्र होइन करोडौं बौद्धमार्गीहरूको मुटुमा तिर रोप्ने काम उनले किनगर्नु परेको होला भन्ने कुरा गहिरो गरी लागेकोछ ।

जकरियाले ुहिन्दु विश्व दृष्टिकोणु भन्ने उपशिर्षक अन्तगरगत लेख्छन्, ुबुद्ध भारतीय थिए र बुद्धिजम भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिष्ट छैनन्’ ।

यसरी नेपालको सार्वभौममाथी नै आँच आउने गरी अर्थात अर्को देशको धार्मिक साँस्कृतिक सम्पदा एवं महान विभुतीमाथी नै गलत ढंगले अफवाह फैलाउने कार्यगरेबाट नेपालीहरु रुष्ट भए, उनका कितावहरु जले । तैपनि हामी नेपाली शान्त र सौम्य ढंगले सत्यको पर्खामा थियौं । हाम्रो ऐतिहासिक कुरालाई मेटाउने कसैको हिम्मत पनि छैन र थिएन पनि । अन्तत उनलाई चोरेको आरोप लाग्न थाल्यो, एउटा लेखकलाई यो भन्दा पीडा केही हुँदैन, उसको आत्मसम्मानमा पुगेको ठेस लेखकलै नै वुझ्छ । तर यसो भनिरहँदा नेपालबाट प्रकासित राष्ट्रिय पत्रिका नागरिक दैनिकले यही श्रावण ३१ मा अर्को तथ्य सार्वजनिक ग¥यो जुन यस्तो छ‘ 
  जकरियाको २००८ मा प्रकाशित पोस्ट अमेरिकन वर्ल्डमा इन्टेल क्रपका प्रमुख कार्यकारी एन्डी ग्रोभले राष्ट्रिय आर्थिक शक्तिबारे बोलेको कुरा हुवहु छापिएको फेला परेको हो।

ुयुरोप खराव अवस्थातिर जाँदा अमेरिका पनि खतरामा परिरहेको छ, खराव त के हो भने यसबारे कसैलाई वास्ता छैनु भन्ने ग्रोभको विचारलाई जाकरियाको पुस्तकमा भेटिएको हो। वासिङटन पोस्टका अनुसार जाकरियाको उक्त किताव वेस्टसेलर भएको थियो जसले उल्लेखित कमेन्टको स्रोत खुलाएको थिएन। न त सन् २००९ मा पेपरव्याक भर्सनमा छापिएको पोस्ट अमेरिकन वर्डमा नै यो कुरालाई स्थान दिइयो। 

वास्तवमा ग्रोभको धारणा तीन वर्षअघि नै थ्री बिलयन न्यु क्यापिटलिस्ट स् दी ग्रेट सिफ्ट अफ पावर टू दी इस्टमा प्रकाशित भइसकेको थियो। यो पुस्तक क्लेडी भी प्रिस्टोविट्जले प्रकाशित गरेका थिए ।’ यसरी स्रोत नदिईकन प्रकासित गर्ने दुस्साहस जकरियाले गरेका छन् । उनी भारतीयमूलका पत्रकार हुन् । तर उनले बुद्ध नेपालमा नजन्मेको भन्ने भ्रामक प्रचार प्रसारका विरुद्ध गलत नियत देखिन्छ । 

सबैलाई थाहा भएकै विषय हो, इशापुर्व ६०० वर्ष अगाडी रुपन्देही जिल्लाको लुम्बिनीमा भएको हो । यस जिल्लाको मानवसभ्यताको इतिहास अलिखित छ । मानव पुर्खा १ करोड १० लाख वर्षपुरानो  नर वानरको दाँत भेटिएको थियो । बुद्धजन्मेका शीला र ढुंगाहरु अद्यापि छन् । यसैले विश्वमा ८० करोड बुद्धमार्गीहरु उनका अनुयायी छन् । त्यसैले हामीलाई गर्व छ नेपाल र नेपालीप्रति हाम्रो आस्थाका धरोहर बुद्धको शालिन सौम्य ज्ञान सवैले लिउन, बुद्धप्रेमीहरु चुप र शान्त हुन्छन् जसको फल र सत्यता वारम्वार वोल्ने जकरियाजस्ता भ्रामकहरुलाई शान्त भएर नै जितिएको छ । 

Tuesday, August 14, 2012

प्लेनको झ्यालबाट...!


महेन्द्र पौडेल 

एटलान्टिक महासागरले घेरेको विशाल समुद्रतटमा उनी र म जोडिदैं भविष्यका पानाहरु केलाउँदै थियौ । उनका खैरो केशवाट आउने अनुपम सुगन्धले मलाई भित्र भित्रैं रोमान्चित बनाएको थियो । मेरो सामाजिक परिवेशभन्दा फरक मेरो सँस्कृति र चाहनाभन्दा फरक उनको अनुपम माया वारम्वार मेरो अनुहारमा पोखिन्थ्यो, त्यसैपनि म गाउँको पहाडे जंगल र बनपाखामा हुर्केको अनि विशाल समुद्रको छेउमा आफुलाई उभ्याउँदा मेरा हर्षका सिमा थिएनन् भने त्यहीमाथि एउटा उमेरको भावना र चाहना वुझ्ने सुलभ परी त्यसै त्यसै फुरुङ्गहुँदै मैले आफुलाई क्यान भित्रको मदिराको टोक्रो रित्याउनमै मस्त थिएँ । कठै बेलायत र बेल्जियमको बिच पुल बनेको यो समुद्रमा आउने छालहरुले कतै मलाई गिज्याइरहेको जस्तो लाग्दछ । मलाई थाहा थियो कृष्टिनाका आँखाहरु मलाई नै हेरिरहेका हुन्थे, हेर्ने मात्र होइन घुुटु घुटु थुक निल्ने गर्थे । उनको चन्चले स्वभाव, उत्कण्ठ चाहना यसैपनि मृगनयनी थिएँ भलै रंगहरु जस्तो सुकैभएपनि तिनी भित्रको सेरोफेरोमा अपार आनन्द मैले पहिल्यै महसुश गरिसकेको थिएँ जुन दिनप्रतिदिन मलाई मदहोश नशा चढाइरहन्थ्यो । 

युरोपको एउटा महत्वपूर्ण देश विकसित दृष्टिकोणले सगरमाथा चुमेको छ ।  तर मेरो संसार र दुनिया फरक छ म फरक ढंगमा ढालिन वाध्य थिएँ र भएँ । सात समुद्रपारबाट बनाइएका साथीहरु समय र परिस्थितिका खोक्रा हुन् । जसले देश समाज र संस्कृतिको शैलीलाई लिएपनि सारलाई भुलेको परिवेशमा मैले आफुलाई नितान्त एक्लो पाएँ र उनै मेरा दुइटा महत्वपुर्ण पाटाहरु भए क्रिष्टिना र मेरो क्यान । क्रिष्टिनासँगको मेरो भेट एउटा संयोग मात्र थियो । सिगरेटको अत्यन्तै लत थियो ममा । त्यसोत सिगरेट मैले जव त्यसबेला देखि पिउन थाले । जुनबेला काठमाडौंमा प्रमाणपत्र तहको अध्ययन क्रममा थिएँ त्यतिनै बेला मेरो बुबाको अकस्मात स्वर्गारोहण हुन पुगेको थियो । म एउटा मात्र छोरो थिएँ, हुनत हामी दुइ दाजु भाई थियौ । मैले एसएलसी दिने क्रममा दुर्घटना भई दाइको मृत्युभएको थियो । त्यो पीडालाई लिएर म काठमाडौंमा प्रमाणपत्रतह अध्ययनको लागि भर्ना भएको थिएँ । परिक्षा नजिकिदैं गर्ने क्रममा बुबा वित्नु आमाको त अनुहार नै देख्न नपाएको म । यसरी घर परिवार लथालिङ्ग हुनुले घरवारी र खेत बोटविरुवाको विजोक हुँदो रहेछ भन्ने कुरा मैले त्यसबेला अनुभव गरेको थिएँ । लथालिङ्ग र भग्नावेश घरलाई छोडेर फेरि मेरो भविष्यका दिनचर्या शुरु गर्न काठमाडौं आउने क्रममा पिरोलिएर एकान्त पुतलीसडकको कोठाबाट मैले सिगरेटको सुरुवात गरेको हँु । त्यो बानी युरोप सम्म छुटेन र त्यही क्याफे थियो जहाँ मैले प्राय क्यानमा अरुनै,  र बोत्तलमा डुवेल वियर मेरा रोजाई थियो भने विच विचमा सिगरेटको लत । उनले हेरेको हुनुपर्दछ देखेको हुनुपर्दछ वा लतले त्यहाँ ल्याएको हुनुपर्दछ । ‘एक्स्यूज मी, डु यु ह्याभ वान सिगरेट फर मी’ उनको सिगरेट माग्ने अनुरोधले पहिलो पल्ट परिचय गरायो । मैले भने ‘अफ कोर्स’ यसरी हाम्रा परिचयभित्रका सानिध्य सम्बन्धहरु विस्तारै विस्तारै अघि बढ्न पुगे । 

मलाई लाग्दछ हरेक कुरुप आकृतिभित्र सुन्दरवस्तु लुकेको हुन्छ, जुन आटिनसक्नुपनि हुन्छ । ओढारभित्रको बाघलाई हेरौं । ओढार कृत्रिम हुन्छ जुन मानिसले बनाएको हो । ओढार भ्रमपूण पनि हुन्छ किनकी मानव मस्तिष्कको उत्कृष्ट उपज हो । स्त्री जातिले पहिरने कुनैपनि रंग ढाकिने यौवनका उत्कृष्ठ इश्वरीय सृजनाले मलाई कता कता इश्वरबाट प्राप्त मेरा बरदानमाथि चुनौति दिएको आभाष मलाई हुन थालिसकेको थियो । हाम्रो भेट अव सामान्य हुन थाल्यो, कहिले कुनै समुद्री छेउ त कहिले कुनै स–साना बन्दरगाह वा पार्क । म उनको काननजिकै गएर सोध्दथे आज कस्तो महशुस गरेकी छौं क्रिष्टिना । उनी नलजाई उत्तर दिन्थीन ‘प्लेजर एण्ड मच प्लेजर’ इश्वरीय बरदानप्रति मैले गर्व गर्थे कमसेकम उनलाई खुशी त दिन सकेछु म मनमनै कुरा खेलाउँथे, घरी घरी आउने हावाको झोंकले उनको कपाल म तिर आउथ्यो भने कहिले उनको आँखा छोपिन्थ्यो म उनको कपाल हटाउँदै मलाई सहज बनाउँथे । एकछिनको सुनसान मदहोस पछि उनी खित्का छोडेर हास्थिन, त्यो हाँसेको पल चम्केको उनको दाँतलाई हेर्दै मैले उनको उमेरको यकिन मिलाइसकेको थिएँ १७, १८ वर्ष जुन पछि उनले बताईन । जब छुटिृनु पर्दथ्यो हामीलाई आपसमा नरमाइलो मानेपनि दुइमिनेटको दुई अधरहरु टास्सिदा म फुरुङ्ग हुँदै हात हल्लाउँथे बाइ भन्दै । कोठामा आएर बेडमा पल्टिन्थे, र मनमनै सोच्थे क्रिष्टिनासँग मलाई दिने मनग्ये चिज छन्, जसले मलाई अलौकिक प्राकृतिक सुख होइन सन्तुष्टि दिन्छ 
 । यसरी सम्झाएको थिएँ दिनप्रतिदिन मेरो मनलाई । युरोपका यी रातहरु थोरै मात्रमा देखिन चन्द्रमा क्रिष्टिनाका अगाडी फिक्का लाग्न थालिसकेका थिए । पल पलमा परिवर्तन हुने युरोपको मौसम क्रिष्टिना भएपछि केही पनि परिवर्तन हुँदैन भन्ने मान्यतामा थिएँ । विपनामा नदेखेको कुरा सपनामा देखेको थिएँ । त्यसैले सपनालाई झुठो भन्नेहरुप्रति मेरो आक्रोस थियो । म सपनामानै रमाएको थिएँ । 

उनको र मेरो सम्बन्ध अव मुटुमा लेखिन थाल्यो, हरेक चिजहरुमा म उनलाई देख्न थालेँ । मेरा हातहरु गले किनकी मैले मोवाइल कानसम्म लानु पर्दथ्यो हाम्रा यति लामा गफ हुन थाले तातिएर मोवाइल नै फुट्ला जस्तो । समुद्रको तटमा गएर चिच्याउन पाए कस्तो हुन्थ्यो म त्यता सोच्न थाले । संसारको सवैभन्दा दुःखी महशुस गरेको बेला थियो कुनै बेला काठमाडौंको कोठामा आज त्यो पल रहेन म भित्रभित्रै पुलकित हुन पुगेँ । फेरि हामीले त्यो एटालान्टिक समुद्री तटनेरको होटलमा रात काट्यौं, रातपनि छोटा लाग्न थाले । चुनौती र सम्भावनाका गहन छलफल भए । एउटा छुटृै किसिमको उत्सुकता पलाउन थाल्यो । विहानी पख भयो मैले एउटा सिगरेट सल्काएर निभाउँदै सोफानेर बसेँ । उनी वाथरुमबाट आइन सफा सेतो कपडा पहिरिदैं मेरै छेउमै आएर बसिन् । मैले उनको वक्ष्यस्थल हेरे योवनले उन्मुक्त भएर मलाई गिज्याए जस्तो लाग्यो । उनका ओठहरु देखेँ । त्यहाँबाट उत्पन्न प्रज्वलित तेज फेरि खप्न नसकी म आँखा चिम्लिए उनले विस्तारै आफ्ना हातहरु ममा सारिन् । तलबाट आएको संगीतको आवाज एकछिन रोकियो उनको वक्षस्थलबाट आएको रवाफिलो राफले मलाई साइबेरियाको मरुभूमिका याद भयो, उनका ओठहरु बेल्जियमका चकलेट भन्दा गुलिया थिएँ । सवैक्षण एकछिन स्तब्ध भयो ।

दोश्रो विश्वयुद्ध पछि उनका परिवार स्पेनबाट बेल्जियम बसाई सरेका रे । उनी बेल्जियममै हुर्कि बढेकी म कुन जंगल वा कुन गाउँ समय पनि कस्तो कहाँको घरवार विहीन म कहाँको उनी  कहाँको । म कानुनलाई नटेरेर वसेको यसैपनि अवैधानिक उनीसँग नछुटिृने बाँचा गर्दै उनले घरसम्म उहि पहिलाझैं चार ओठहरु एकै ठाउँमा ल्याउँदै विदा गर्ने क्रम आज पनि भयो । र घरमा आएर पुरानै दिनगन्तिका सपनाहरु देख्न थाले । संसारका राम्रा नराम्रा हरेक पाटा हुन्छन्, अजिंगरको आहार दैवले पु¥याउँछ भन्छन् । आर्तनादहरुको बसाई पनि छ, केही आर्तनादहरुलाई डाहा पनि लाग्यो होला सोच्दै थिएँ, टेवलमा राखेको मोवाइले मेसेज सिग्नल दियो । ‘हाय डियर आई फिल भेरि प्लेजर एस्टडे नाइट, आइ एम सो टायर्ड नाओ, उइ विल मिट यू सुन, किस यु, योर क्रिष्टिना’ मेसेज प्रतिउत्तर दिएँ ‘थ्याङ्गस’ । र मोवाइल साइलेन्टमा राख्दै म निदाएछु । 

एक्कासी घरको घण्टी बज्यो, मनमनै सम्झे उनी विर्सन सकिनन् होला मलाई  र यति विहानै आइन अनि मैले हतार हतार ढोका खोले । त्यहाँ मैले सोचे भन्दा फरक अवस्था आयो । दुइजना पुलिस रहेछन् उनीहरुले मेरो नाम पुकारे र परिचय पत्र मागेँ जुन मसँग थिएन ।  यसैपनि म अवैंधानिक थिएँ । ‘यु आर अरेष्ट’ उनीहरुले मेरा हातमा हत्कडी लगाए र भनेँ  । म त निथ्रुक्क भिजेको विरालो भएँ । म मरेको लास भएँ, म हारेको बाघ भएँ, जसले जति जुँगा लुछुन मैले आफ्नो चाहनालाई बलत्कार गरेँ । म निष्ठुरी हातको पन्जामा परेँ । म उनीहरुको दृष्टिमा भयङ्ककर अपराधी ठानीएँ । मैले कानुनको मुल्य र मान्यतालाई लत्याएको थिएँ । किनकी म अबैंधानिक थिएँ र मेरो चाहना क्रिष्टिना थिइन् । मेरा आर्तहरु मरेको लास जलाएझैं जलिरहेका थिए। मेरो मुटुको ढुकढुकी असिमित हुँदै थियो । केही दिनपछि मैले उनलाई मेसेज दिन पाएँ, म यहाँ छु । उनी आइन् हामीले टाढा टाढा बाट धेरै बेर एक अर्कालाई हे¥यौं, उनका मोतीका दानाहरु तप तप भुइमा खसेको देखेँ । एकछिन हामी फेरी पुरानै समागममा फक्र्यौ आँखौ आँखाबाट, त्यो पलको याद ग¥यौं चरमोत्सकर्षमा पुग्र्यौ, मेरो समय सिद्दियो मलाई पुलिसले फेरी भित्र लगे । उनले धेरै प्रयास गरिन मलाई यहिँ राख्न उनले हरेक अधिवक्ताहरुको ढोका ढक्ढकाईन, मानवअधिकारको देश त्यो केवल आडम्बरी रहेछ उनले आफ्नो देशको हालत बुझिन् । अव मलाई नेपाल फर्काइदैछ मलाई जानकारी आयो समय र सिमा दिएर मैले उनलाई एयरपोर्टमा बोलाएँ । मेरा आवाजहरु दब्दै गए, मलाई एयरपोर्टबाट तिर लग्दै गएँ उनले डाँको छोडेर रुन थालिन् उफ यो संसार यी मानवहरु, किन संसार एक हुन नसकेको म पागल हुन पुगेँ, अव हामी सधैंको लागि छुटिृदैथियौं । अब विलौना गर्ने समय पनि थिएन, मलाई प्लेनमा चढाइयो अनि मैले प्लेनको झ्यालबाट हेरे रात चकमन्न थियो, झिलिमिली बत्ती बालेका आर्टिफिसियल यो शहर म झ्यालबाट भक्कानिदैं थिएँ कस्तो बिडम्बना भन्दै अनि झ्यालबाट मेरा आँखा निभ्न पाएनन् । 

प्रदीप नेपालबाट सिक्ने कि?


प्रदीप नेपालबाट  सिक्ने कि?
महेन्द्र पौडेल
गत केही हप्ताअगाडि एउटा टिभी अन्तरवार्तामा एमालेका नेता तथा प्रसिद्ध लेखक प्रदीप  नेपालले फेरि त्यही कुरा दोहो¥याए ‘म साठी बर्षपछि राजनीतिबाट सन्यास लिन्छु’ यो उनको आफ्नो व्यक्तिगत धारणा होला । उनी त्यही एमालेका नेता हुन्, जुन पार्टीको नीति र मार्गनिर्देशन स्वर्गीय मदन भण्डारीले प्रत्युपादन गरेको ‘जनताको बहुदलीय जनबाद’ अंगीकार गरिरहेको छ । उनै भण्डारीका उपदेशहरु पार्टी कार्यालयहरुमा सजाईरहेको एमाले र बारम्बार देखिने भण्डारीका शब्द ‘राजनीतिमा थकाइ भन्ने हुन्न’ भनाइविपरित प्रदीप नेपालको राजनीतिक सन्यास लिने उद्घोषले आधुनिक र प्रगतिशील सोचको प्रतिविम्ब गर्दछ भन्नेमा दुइमत छैन ।

समकालीन राजनीतिबाट दिक्क मानेर हुनुपर्दछ यो उनको भनाई आएको । उनी लोकप्रिय लेखक त हुँदैहुन् र राजनीतिमा सक्रिय नेता पनि । नेपाली राजनीतिको एउटा सत्य के हो भने ०४६ सालको जनआन्दोलन सफलताको क्रममा खुल्लामंचको विशाल जनसभाअगाडि गिरिजाप्रसाद कोइरालाले ‘यो जित पंचहरुको पनि हो’ भन्दा त्यहाँ उपस्थित जनसमुदायले विरोध गरेर उनलाई बोल्न दिइएन । उहाँले नेपाली जनतालाई दिएको एउटा सन्देश थियो त्यो, तर जनताले बुझेन अन्ततः त्यसयता नेपाली राजनीतिमा तिनै पंचहरुको हालीमुहाली भइरह्यो । अर्को तीतोसत्य के हो संसदीय प्रणालीमा विश्वास नभएर जंगलमा बसेर राज्यसत्ता ताकेको माओवादी र संसद्वादी दलको साँठगाँठबाट ०६२ र ०६३ को सफल जनआन्दोलन भयो । तत्पश्चात् गणतन्त्र ल्याउने र २५० बर्षसम्म जरा गाडेको राजतन्त्रलाई हटाउने काम त भए तर एकात्मक प्रणाली र समकालीन तिनै बासी अनुहारहरुलाई मिल्क्याउन सफल भएनन् ।

पंचायतदेखि प्रजातन्त्र हुँदै लोकतन्त्रसम्म नेपालको राजनीतिक केन्द्रबिन्दु र सरकारमा तिनै अनुहारहरु हुन पुगे । हजारौ हजारको बलिदान र १२ वर्षे जनयुद्धको परिणामले शैलीमा परिवर्तन भएपनि सारमा परिवर्तन हुन सकेन र जनताले त्यो आभाष पाउन सकेनन् । यी यावत घटनाक्रमसँगैं  एमालेलगायत अरु पार्टीले लिएको नीति साथसाथै तिनै बासी अनुहारहरु हिजो प्रजातन्त्रमा थिए, लोकतन्त्रमा पनि थिए । तिनै समाचार र अखबारमा छाइरहने नयाँपनको कुनै आभाष नभएको महशुस प्रदीप नेपाललाई पनि हुँदो हो । 

नेपालको राजनीतिमा सर्वाधिक केन्द्रबिन्दुमा रहेर पनि उनी र उनको पार्टीले नयाँ नेपालको काँचुली फेर्न नसकेको तित्तता भएको हुनुपर्दछ । एउटा लेखक र विद्वान राजनीतिज्ञ रुपमा प्रस्तुत रहेको नेपालको लेखहरुले पहिल्यै प्रष्टाइदिएका दृष्टान्तहरु छन् । केही वर्ष पहिले बुटवलको एउटा प्रेस भेटघाटमा नेपालले ‘नेपालमा संघीयता लागू हुन नसक्ने भन्दै देश नै आर्थिक रुपमा आत्मनिर्भर नभएकाले संघीय राज्यहरु टिक्न सक्दैनन भन्दै उनले मगन्ते देशमा संघीयताको उन्माद बोक्नु मूर्खताबाहेक केही नहुने भन्दा उनलाई संघीयताविरोधीको आरोप लाग्न थाल्यो । अन्ततः संघीयताकै कारण संविधान सभाको विघटन हुन पुगेको हाम्रा सामु छ । 

केही वर्षपहिले माओवादीहरुको विषयमा गरेको टिप्पणी र आज आएर माओबादीहरुले खेलेको भूमिका उनका कथित नेताहरु सुविधाभोगी भएको,  सुविधा पाएपछि मान्छेका चाहना कसरी परिवर्तन हुन्छन् भन्ने कुरा नेपालले पहिल्यै नै दर्शाइसकेका थिए । जुन आजपर्यन्त सर्वहारा नामको काचुँली माओवादीको रहनसहन, बासस्थानले प्रमाणित गरिदिएको छ ।  तर, नेपाली जनताले उनको कुरा वुझ्न र अनुसरण गर्न सकेनन् । त्यसैले त कसै कसैले भन्छन् ‘प्रदीप नेपाल नेपालको राजनीतिमा ३० वर्ष पछाडि आएको भए अबका पुस्ताले बुझ्ने थिए ।’ खैर जेसुकै होस् तर आफ्नै पार्टीमा पनि उनले आफ्ना समकालीन र जनजातिलाई आफ्ना कुरा बुझाउन सकेनन् जबकि उनी आफैं जनजातिसँग जनबादी बिहे गरेर परिवर्तन आफैंबाट सुरु गर्नुपर्दछ भन्ने उदाहरण वर्षौपहिले दिइसकेका हुन् । यद्यपि उनका समकालीनले बुझ्न सकेनन त्यसबाट दिक्क भएरै होला केहीदिन पहिले उनले फेसबुक स्टाटसमा लेखे ‘एमाले भित्रका जनजाति कामरेडहरुले पार्टी छोडिहाल्नु हुन्छ कि भनेर चिन्तित हुनु भएका शुभचिन्तकहरुलाई एउटा खुशीको खबर । उहाँहरुले पार्टीका शिर्ष नेताहरुसँग केपी ओली र प्रदिप नेपालमाथि कारबाही हुन्छ भने आपूmहरु पार्टीमा फर्किन तयार भएको प्रस्ताव पस्किनु भएछ । केपी ओलीको त म जिम्मा लिन सक्दिन । पार्टीलाई त्यो प्रस्ताव सही लाग्छ भने म चाहिँ उहाँहरुको प्रस्तावलाई खुशीसाथ स्वीकार्न तयार छु’ ।

राजनीतिमा उनको यो उचाईसँगैं साहित्यलेखनबाट पनि उनले देशकै सेवा गरेकै छन् । नेपाल र नेपाली जनता एवं नेपाली साहित्यलाई भण्डारण गर्दै विशिष्ट योगदान दिएका छन् ।  उनको चर्चा गर्दा प्रदीप नेपालका अनेकौं कृतिमध्ये उपन्यास ‘दुर्गा हजुरमाको भूत’ ‘स्वप्निल शहर’  ‘रांगेय राघव’ ‘अनौठो प्रेमकथा’ प्रसिद्ध उपन्यास हुन् । उनको कृति ‘नओइलाउने पूmल’मा उनले सामाजिक कुरिती छर्लङ्ग पारेका छन् । ०४५ सालमा लेखिएका उनको त्यो बेलाको परिवेशमा बाजे बाहुनले तीन श्रीमती बिहे गरेको उपन्यासमा खुलाइएको छ । 

व्यवहारिक जीवनमा उनी दृढ, राष्ट्रप्रेमी, देशभक्त सबैलाई विश्वास गर्ने खालका देखिन्छन् । केही दशकपहिले जब उनलाई ब्रेनट्युमर भयो त्यतिबेला यो पंक्तिकार नेपाललाई भेट्न नर्भिक अस्पतालमा पुगेको थियो । त्यसबेला समकालिन साथीभाइ, नातागोता, इष्टमित्र, उनकै आफ्नै पार्टीका शिर्षस्थ नेताहरुले उनको परिवारलाई सुझाए कि सरकारी कोषवाटै उपचार विदेशमा गर्ने भनेर ।  तर, उनी र उनको परिवारले त्यो सबैको सहानुभूतिलाई आत्मसाथ गर्दै नेपाली डाक्टर नेपाली प्रविधिबाट उपचार गराउन चाहे बरु मरे यही मरुला भन्दै जोखिम मोले । फलश्वरुप डा. उपेन्द्र देवकोटाको टिमले उनलाई नयाँ जीवन दिन सक्यो र फेरी छापाहरुमा उनलाई देख्न पायौं, अनुभव गर्न पायौं उनका भावना र उनका कृतिहरु पढ्न पायौं । आजका नेताहरुलाई भने रुघा खोकी वा ज्वरो आउँदा बैंकक, सिंगापुर र दिल्ली दौड्न्छन् ।

आधुनिक र नयाँ पुस्ताको सोचहरु दु्रततर बिकास भइरहेको अहिलेको परिप्रेक्ष्यमा पुराना र थोत्रा भइसकेको इतिहासलाई अँगाल्नुभन्दा त्यो बाट पाठसिक्नु पर्दछ भन्ने मान्यता रहेको सोच प्रदीप नेपालमा पाइन्छ । । त्यसैले उमेरको उत्तराद्धमा राजनीतिक गर्नुहुन्न भन्ने मान्यता सोच विकास हुन्छ । उनले नेपालको राजनीतिक र पार्टीमा खेलेको भूमिका र अनुभव निस्क्रिय राजनीतिपश्चात एउटा इतिहास हुनेछ जसबाट नयाँ पुस्ताले अँगाल्ने होइन कि एउटा पाठ सिकुन भन्ने हो । पार्टीको केन्द्रीय तहमा केवल बुढा राजनीतिकर्मीहरुको वर्चश्व हुनुले पनि कार्यगत शैलीमा फरकता र सोचको समायोजना हुन कठीन हुन्छ । हरेक नेताहरुले अव प्रदीप नेपालको राजनीतिक सन्यासबाट पाठ सिक्नु पर्ने जरुरी देखिन्छ । 
(२०६९ श्रावण ९ गते हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित)