w

twitter facebook google plus linkedin rss feed email

Sunday, May 26, 2019

अदृश्य घाऊ


पूरा दुनियाँ देख्न सक्छ
जब एउटा पुल टुट्यो भने
फोटोग्राफरले फोटो खिच्दछ
उसको तस्बिर
पत्र पत्रिकामा त्यो तस्बिर
छापिनेछ मुख्य पृष्ठमा ।

जब एउटा बिल्डींग ढल्छ
तब सारा बासिन्दाले देख्दछन् ।

एउटा पूmल टुट्दाखेरी
एउटा पात झर्दछ
तब त्यो पनि देखिन्छ
पार्कभरी सबैले ।

टुटाई लुक्न सक्दैन
घटनाहरु लुकाएतापनि
जब टुट्दछ सम्बन्ध
तब यो देखा पर्दैन
सारा दुनियाँलाई ।
यसको आवाज पनि हुँदैन
अनि घर समाजमा पनि थाहा हुँदैन
थाहा उसको केवल उसलाई
जसको बिचमा यो सम्बन्ध छ ।


धेरै मान्छेहरुले त
लुकाउन सक्लान
आफ्नै मनभित्र
घाऊ जस्तै
आफ्नो हृदयमा
त्यो
तर टुटेको पुलको
लुकाउन सकिँदैन
न लुकाउन सकिन्छ
ढलेको बिल्डींगको ।

कैयौपटक साथसाथ
रहन्छन दुबै जना
अनि कुनै तेश्रोलाई
थाहा पनि हुँदैन
फाटोको थियो कति
दुबैको बीच
त्यो मिठो सम्बन्ध ?

साँचो त यो हो कि
फाटेको सम्बन्धको
कुनै तस्बिरहरु पनि
खिच्न सकिदैंन
कोही कसैको क्यामराबाट
भित्र अनि भित्रसम्म
पोलिरहेको घाउहरुलाई
टुटेको सम्बन्धको पछाडि
लुकेको थियो कति प्रेम
भन्ने यसको त कहिल्यै
थाहै हुँदैन ।
महेन्द्र पौडेल । २६ मे २०१९ परसेटा मारिया ।