w

twitter facebook google plus linkedin rss feed email

Sunday, April 28, 2019

तिमी मलाई ........


अध्यारो कोठामा बलेको दीप लाग्दछ 

आशालाई समेट्दै गर्दा 
तिमी मलाई खुला आकाश लाग्दछ 
जतिपनि पढ्नको मन लाग्दा
तिमी मलाई उही किताब लाग्दछ 
तिमी हुनु भनेको शान्ति हुनु हो 
श्वास भित्र बाहिर गर्नु हो 
अनि तिमी नहुनुमा 
जिन्दगीको भरोसा गुम्नु हो 
तिमी मलाई 
समुद्रमा खेल्दैखेल्दै आउने 
लहर जस्तै लाग्दछ 
विहानी, साँझ, दिउसो लाग्दछ
तिमी मलाई 
मेरो शीर राख्ने तकिया लाग्दछ 
जति अंगाल्न चाहान्छु 
ऊ त्यति नरम भै दिन्छे
अन्तिममा 
तिमी मलाई 
मिठो निन्द्रा दिएर जाने लाग्दछ 
महेन्द्र पौडेल । २८।०४।२०१९ बिहान ११ः५५