त्यो सपनामा
मैले जुन चिज देखेको थिएँ
त्यो एउटा सपना थियो
मैले जो सँग विताएको थिएँ
त्यो एउटा सपना थियो
फेरि मैले आफैलाई सोेचेँ
तँ पनि के आफ्नो थिइस?
मैले कसैसँग मुटु लिएँ
मैले सपनालाई आफ्नो बनाएँ
मैले जसलाई सपनामा देखेँ
सपनामा जो कोही थियो
त्यो पनि एउटा भ्रम थियो
यहाँ को छ र आफ्नो साथ
भइरहेको छ केवल विश्वासघात
मैले जो देखेको थिएँ
त्यो एउटा सपना थियो
भयो एउटा झगडा सपनामा
तर सम्बन्ध टुट्यो विपनामा
जस्तो भयानाक सपना साँचो भयो
मैले जो देखेँको थिएँ
यतिधेरै समय बगिदियो
केही नबोल्दैमा
केही नखोल्दैमा
सिर्फ आँखाबाट सबैकुरा भइछाड्यो
तर मैले जो देखेँको थिएँ
त्यो एउटा सपना थियो ।
महेन्द्र पौडेल, ०९।०३।२०१९ अल्मदा ।
मैले जुन चिज देखेको थिएँ
त्यो एउटा सपना थियो
मैले जो सँग विताएको थिएँ
त्यो एउटा सपना थियो
फेरि मैले आफैलाई सोेचेँ
तँ पनि के आफ्नो थिइस?
मैले कसैसँग मुटु लिएँ
मैले सपनालाई आफ्नो बनाएँ
मैले जसलाई सपनामा देखेँ
सपनामा जो कोही थियो
त्यो पनि एउटा भ्रम थियो
यहाँ को छ र आफ्नो साथ
भइरहेको छ केवल विश्वासघात
मैले जो देखेको थिएँ
त्यो एउटा सपना थियो
भयो एउटा झगडा सपनामा
तर सम्बन्ध टुट्यो विपनामा
जस्तो भयानाक सपना साँचो भयो
मैले जो देखेँको थिएँ
यतिधेरै समय बगिदियो
केही नबोल्दैमा
केही नखोल्दैमा
सिर्फ आँखाबाट सबैकुरा भइछाड्यो
तर मैले जो देखेँको थिएँ
त्यो एउटा सपना थियो ।
महेन्द्र पौडेल, ०९।०३।२०१९ अल्मदा ।







