w

twitter facebook google plus linkedin rss feed email

Friday, August 30, 2013

नन्दप्रसाद अधिकारीको पत्र छोरालाई !

प्रिय छोरा, 
माफ गर, हामीले ज्यानको बाजी लगाएर तिम्रो हत्यारालाई कठाघरामा ल्याउन हरदम प्रयत्न ग¥यौं । हाम्रो दुइमुठी सास रहुन्जेलसम्म तिम्री आमा र मैले न्यायको लागि भिख मागी रह्यौं तर यो दुनियाँले हाम्रो पुकार सुनेन, तिम्रो चित्कार सुनेन र सुनेन तिम्रो दाईको बिलौना । बाबु कृष्ण तिमी जन्मिएको ठाउँ साथै हामी जन्मिएकै ठाउँबाटै पृथ्वी नारायण शाहले देशको एकिकरण गरे । 
तस्वीर सौजन्य कान्तिपुरबाट लिइएको । 
ऊ बेला न्याय नपाए गोर्खा जानु भन्ने उक्ति थियो, हामी न्याय मूर्तिको नाउँले कहलिएको जिल्लामा जन्मेको तिमी, तिम्रो विभत्स हत्या ती पापीले गरे । र मैले न्यायको लागि, न्यायकै कुर्चिमा वसेका न्यायमूतिसामु न्याय माग्न गएँ । तिम्रा अपराधीहरु खुलेआम डुल्दा मलाई पागलखानामा जाकिदिए न्याय मुर्तिले । महान विद्वान कहलिएका हाम्रै जिल्लाका डा. बाबुरामले हाम्रो पुकार सुनेनन् एकमनले लाग्छ, हजारौं देशका छोराको लाशमा राजनीतिक गरेका उनले छोराको मुल्य  र बाबुको आत्मा किन चिन्दैनन भनेको त उनी छोराविहिन भएर होला !किन वुझ्थे हाम्रा कुरा । छोरो कृष्ण यो बुढेसकालमा तिमीहरुले हाम्रो भार पीडा साथ दिदैं काँध थाप्नेछौं भन्ने सपना बुनेको थिएँ ।

Wednesday, August 21, 2013

किन हुन्छ पत्रकारमाथी आक्रमण ?

सुचनाको हक र यसको व्यवहारिक प्रयोग के हो भन्ने कुरा आम जनमानसमा नपुग्नु नागरिकले सुचनाको हक सम्बन्धी जानकारी लिन नसक्नु वा सुचनाको यथोचित मर्यादा वुझ्न नसक्नु वर्तमान नेपालको परिस्थिति छ । आकाशमा झलक्क मिल्कने वित्तिकै गर्जन्छ भनेझैं पत्रकार भन्ने वित्तिकै सुचना ऊ समक्ष आइपुग्छ भन्ने मनोगतग्रस्त नेपाली समाज मुक्त हुन सकेको छैन । अरुको देखासिकीमा मिनीस्कट लगाउने र चाणक्य नीति भन्दै फेसबुकमा टाल्दैमा आदत फेरिने भए, कीर्तिपुरमा डिग्री पढ्ने र होस्टेलमा बस्नेजति राजपत्रांकित तृतिय श्रेणी हुने थिए, उमेर कटेपछि मलेशिया र खाडी धाउनु पर्दैनथ्यो । खैर जे सुकै भएपनि विद्याका साथ जीवनका आदर्श केही उच्च हुँदैनन् भने हामीले पढ्नु वेकार छ भन्ने कुरा भिमनिधि तिवारीका कविताहरु माध्यामिक स्तरमा पढेर हुर्केका हाम्रा समाजका वर्तमान पुस्ताले सुचना र मिडिया पत्रकारीतालाई सबैभन्दा वढी असुरक्षा रहेको एसियाका महादेश भित्रको पाकिस्तान पछिको दोश्रोमा नेपाल राखिएको थियो जतिबेला अमेरिकी पत्रकाल जोन पर्लको पाकिस्तानमा हत्या गरियो त्यसको केही वर्षपछि नेपालीहरु यति तल्लो र निम्नस्तरमा उत्रे जनकपुरकी महिला पत्रकार उमासिंहको हत्या गर्न पुगे अन्तत के भो भने नेपाल महिला पत्रकार हत्या गर्ने एसियाको पहिलो राष्ट्र बन्न पुग्यो ।

Saturday, August 17, 2013

मेरो सपना ?

महेन्द्र पौडेल



म प्राय सपनामा रम्न चाहान्छु, किनकी सपना नितान्त हुन्छ र व्यक्तिगत,  मैले देख्ने सपना अरुले देखेका हुँदैनन् । सपना दुइँ किसिमका हुन्छन् राती मस्त निन्द्रामा देखिने सपना र व्युझिएँपछि देखिने सपना । मलाई बिपनाको सपनामा शोख छैन खैर जे भएपनि मैले देखेको एउटा अचम्मको सपना बाँड्न चाहान्छु । मैले कोठामा तीन चिज राखेको थिएँ । एउटा थियो हाम्रो काली गण्डकीको तिरमा असख्य भेटिने भगवान विष्णुको रुपमा पुजा गरिने शालिकग्राम, दोश्रो थियो पुराना सहिदको शिला भएको सानो तस्विर  तेश्रो इण्डीयाको ताजमहलको चिनारी स्वरुप कसैले चिनो स्वरुप दिएको सानो ताजमहल विभिन्न स– साना घरहरु ।

Monday, August 12, 2013

लिफ्ट भित्र आधा घण्टा !

प्राविधक चिजले मानिसलाई कहिलेकाँही यसरी झुक्काउँछ, कि प्राविधकि चिजसँग मानिसले जर्वजस्तीगर्न पनि हुँदैन । बेल्जियम रहँदै र बस्दै गर्दा धेरै नेता, कार्यकर्ता र पत्रकारहरु आएपनि उनीहरुलाई भेट्न गइन्थेन, तर यसवीचमा पत्रकार महासंघका सचिव र मेरा मित्र कान्तिपुरकर्मी कुलचन्द्र न्यौपानेले गिरिजा प्रसाद कोइरालाको जीवनीमा आधारित आन्दोलनका क्रममा हवाइ जहाज अपहरण काण्डको एउटा वृत्तिचित्र लिएर आएका थिए ।

Sunday, August 11, 2013

भगवान रोइदिँदा !

तस्वीर ः डा भगवान कोइराला,  सौजन्य गुगल सर्चवाट 
जव मानिसले काम मनबाट नै गर्न खोज्छ वा गर्दछ त्यसमा वाधा अड्चन आइदिदा वा उसको काम गराइहरु सहकर्मीले नवुझीदिँदा रिस उठ्छ तर रिस उठेपनि त्यसलाई थामेर रुनु भनेको निरिह हुनु हो । हो यस्तै निरिहताको प्रर्दशन डाक्टर भगवान कोइरालाले यही ३१ वार्षिकोत्सवमा गरेका छन् । त्रिवि शिक्षण अस्पतालको ३१ औं वार्षिक समारोहमा अस्पतालको प्रगति प्रतिवेदन पेश भएको वखत उनी रुन पुगेका थिए । पछिल्लो तथ्यांक पेश गर्दै गर्दा उनका आँखावाट आशु झन पुग्यो ।

Saturday, August 10, 2013

सत्य, आलोचना र मार्ग

मानिसहरु भन्छन् नगर आलोचना, आलोचना गर्दैमा हुने केही होइन, अझ धेरैले भन्छन् संघ संस्थाका कार्यक्रम भयो भने फलानोले आलोचना मात्रै गर्दछ किन बोलाउने? तर यस्ता कुराहरु केवल बेवकुफहरुले मात्र गर्दछन । हामी स्वतन्त्र भएर लेख्नेहरुले धेरै आलोचनात्मक लेख्छन्, वाहिरी निन्दा पनि खेप्छन् आज यही विषयमा लेख्न मन लाग्यो । तसर्थ आज आलोचना र सत्यका विषयमा केही कुरा मेरो डायरीमा राख्न अनुमती चाहन्छु । सकरात्मक आलोचनाले गर्दा स्वरुपनै बदलिन सक्छ , नयाँ मोडको विकास हुन सक्छ । किनकी यो आलोचना मानिसको उत्पत्तिदेखि नै आएको चिज हो । किनकी उत्पत्तिमा पनि दुइटा पाटा भए, महिला र पुरुष, आजपर्यन्तपनि हाम्रा सन्तान जन्मिए भने सवभन्दा पहिला नाभी मुनिनै हेर्दछै, भन्छौं । तसर्थ आलोचना भन्ने चिज यस्तो रहेछ, कि भगवानका पालादेखि नै चलेको रहेछ ।

बेल्जियमकी एक भाउजु

तिम्रो हात पाएर बैतणी तरे मैले !   
तिम्रो साथ पाएर मृत्युसँग लडे मैले !!
युग बित्लान तर हाम्रा माया नबित्लान !
सत्य हार्लान तर हाम्रा प्रेम नर्हालान !!
भिरबाट गुज्रेर गए आफ्ना सबै हराए !
सुनसान रातमा एक्लै पीडाले कराए !!
मनभित्र थियो एउटा ठुलो दरार !
तिमी आयौ र न भयो बहार !!

दायाँबाट म, बिचमा बेल्जियमका पत्रकार डिल्ली अमागाई, बाँया, बिजय मल्लजी । 
मेरा यी शब्दहरु ती दाजु भाउजुप्रति हो जसले आफ्ना श्रीमानलाई मृत्युको मुखबाट निकालेर राखिन् । आज उनका श्रीमानले यही शब्द भाउजु प्रति राखे होलान । यी दुइ अबोध र सोझा सम्मानित दाजु भाउजुसँग मेरो एउटा सानिध्य सम्बन्ध छैन तर पनि परोपकारी हिसावले मानवीय सेवामा समर्पित भएर उनीप्रति शब्द खर्चेको छु ।  बिभिन्न देश घुम्दै जिन्दगीको पाँच दशक उमेर विताईसकेका भोला सुवेदी अर्थात दाइको घर कास्की जिल्लाको पोखरा स्थायी घर हो भने करिव एक दशकदेखि बेल्जियम छन् ।  मेरो बेल्जियम बसाईको करिव ४ वर्षमा कैयौ मानिसहरु भेटेँ, कोही आपूmलाई देशकै ठूला नेता भन्छन् कोही देशकै ठूला नेता र व्यापारीहरुलाई सोध्नुस म कोहुँ भन्छन्, कतिपयसँग मैले आपूmले छलफल पनि गर्दिन, गरेँभने अरु विषयनै गर्छु बरु तर्कमा जान्न । म विभिन्न कारणले विदेशीएपनि मेरो सुगन्ध देशमा छ , मेरो भविष्य देशमा छ, मेरा आत्मिय र वैचारिक साथीहरु देशमा छन् । यहाँ न बैचारिक छ न ममता छ, न आत्मिय म त केवल समय र परिस्थितिबाट भेटेका केही मान्छेहरु सानिध्य नहुने रहेछन् । यी मेरा डायरीका पानामा हास्यका पात्र भएर रहेका केही मानिसहरु छन् केही गजबकै मानिसहरु भेटिए । बसाइका क्रममा प्राय घटनाहरुको टिपोट गर्ने र नोटवुक बनाउने मेरो पुरानो बानी अद्यापि छ । कतिपयले राम्रा व्यवहार गरे, कतिपय नराम्रा तीसँग लिनुदिनु केही छैन तर समयले मानिसलाई सिकाउँछ पनि चिनाउँछ । नेपालमा १० वर्ष मोफसलमा बसेर काम गरेपछि विदेशीएको म, आज ४ वर्ष भइसक्यो । 


दाईलाई खाना खुवाउँदै भाउजु, 
अँ एकदिन युरोपको बेल्जियममा चौरमा घाम ताप्दै थिएँ अचानक लुरुलुरु यी दुइ दाइ भाउजुहरु आउनु भयो । भाउजुले अलिकति मलिनो श्वरगरी बाबु म घर जानुप¥यो पोखरा किनकी यहाँको बसाई अलिकति गारो भयो दाइको श्वास्थ्यले पनि साथ दिन छाड्यो, जाने उपाय बताउनुस भन्नुभयो । मैले सोचेँ मानिसहरु युरोप आउँछन् लाखौं खर्च गरेर यी भाउजु किन जाने होलारु हामी आंकलन गर्न सक्दैनो यी भाउजुका चेहेरा पीडाभित्र कति आत्मविश्वास थियो कि दाईलाई पोखरामै लगेर उपचार गराउँछु तर यहाँको वसाई महँगो भयो, दुइ छोरी मध्ये जेठी छोरी विवाह गरेर दिएछन् भने कान्छी छोरीले कतै काम पाउन सकेकी रहिनछन्, यहाँको संस्थाले आर्थिक सहयोग नगर्ने पत्र पनि पठाइसकेछ । 
ती दाईको स्याहार गर्दै भाउजु

उनका पीडाले मलाई भावविव्हल त बनायो र मलाई पीडा भयो यसर्थ कि हामी यति हजार उति हजार नेपाली युरोप छौं विभिन्न किसिमका दैवी प्रकोपमा सहयोग पु¥याउने नाममा कार्यक्रम गर्दछौं तर हामी भित्र मुटुमा रहेका हाम्रै नेपाली दाजुभाइले दुःख पीडा पाउँदा हामीले सोधखोज गर्दैनौं । दिमागमा समस्या आएर वाटोमा वेहोस हुनु पुग्नु भएका यी दाई, करिव १७ दिनसम्म अस्पतालको कोमामा निस्लोट मृत्युसँग लडाई गरेँ । 



अहँ कुनै मैहुम भन्ने व्यपारी र राजनीतिक गर्ने कोही त्यहाँ पुगेन । सँगै मरुला सँगै वाँचुला भनेर कसम खाएर सात फेरो लगाएर ल्याएकी यी भाउजुको माया ममता र तपस्या साहस र प्रेरणाले दाइले मृत्युलाई जिते, त्यो नरकको यमराजलाई जिते, मृत्यु र जीवनको दोसाँधको कोमामा भाउजुका कारण जिते तर यो लोकका आफ्नै मानिसहरु सँग हारे, जहाँ कर्मगरेका धर्तिमा हारे तब मैले सोचे यो संसार नरक भन्दा पनि नरक होला, हामी यमराज भन्दा पनि महायमराज हौलाऊ, खैर जे भएपनि । 

नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठकले दुइपल्ट सम्म टेलिफोन गर्दै र मेसेज पठाउँदै दार्चुला बाढीपीडित सहयोगका लागि बारबाक्यू कार्यक्रममा आइदिन आग्रह गरे । म लगायत हामी धेरै थियो, त्यहाँ चौरमा केही भाषण र पैसाको बोलकबोल हुँदै थियो, मेरा आँखा भाउजुका हातले दाइलाई खुवाएको तर्फ गयो, कहिले पानी त घरी घरी रोटी र अचार मासुका टुक्रा गदै भाउजुले दाइलाई समाउँदै खुवाउदै हुनुहुन्थ्यो । मैले क्यामरा तेसार्दै चित्र कैंद गरेँ यसर्थ कि भाउजुको माया र प्रेरणा साहसलाई मैले रोक्न सकिन मोर्चाका सल्लाहकार विष्णु भुजेलको ध्यान मतिर खिचिएको चाल पाए उनले पनि क्यामरा तेसारे । त्यहाँ रामबहादुर गुरुङदाई आउनु भयो अरुनै विषयमा गफगाफ भए, तर अरु कुनैनाम मेरा डायरी अटाउने लायक छैनन । 

त्यसपछि म अलिकति मासमा आए, त्यहाँ बीपीका अनुयायी भन्नेहरु, त्यहाँ माओ वा कार्लमाक्सका अनुयायी भन्नेहरुको राजनीतिक गफगाफ चलिरहेको थियो, फेरी अर्को तर्फ पुगेँ त्यहाँ एनआरएन बेल्जियम र पदका विषयमा कुरा चलिरहेको थियो । मैले ती भाउजुको छोरीलाई सम्झे, भाउजुले भन्नु भो ‘छोरीले काम पनि पाएकी छैन, भाषा सिक्दै छ’ मलाई लाग्यो हाम्रा यत्रा व्यापारी छन्, कठै एउटा काम किन नदिएका होलान सोच्दा सोच्दै एन्त्रापेनमा एउटा व्यवसायी दिदी छन् गीता गुरुङ, उनी कुनै पदमा छैनन् कुनै सामाजिक संघ वा संस्थामा समाजसेवी हुँ भन्दिनन्, । तर यी दिदीले यी वुढावुढीको पीडा देखेर नै होला छोरीलाई काम दिएकी छन् र ती दाई भाउजु आज युरोप बस्न सकेका छन् र अब घर जाने सोचमा छैनन् । त्यसैले समाजसेवागर्न कुनै राम्रो काम गर्न पद जरुरी पनि छैन र म पनि आज कुनै पदमा पनि छैन बेल्जियममा यत्रा पदमा बस्नेहरुको अगाडी ती गीता दिदी र म यहाँका सामाजिक संस्थाका पदमा बस्नेहरुका अगाडी अयोग्य भएपनि हामी धेरै मानिसका मन र मुटुमा छौं लाग्छ कसरी हुन्छ राम्रो काम गरौं । हामी मध्ये कोही बेल्जियमको एन्टरपेन ऐतिहासिक शहर घुम्न जानुहुन्छ भने रेल्वे स्टेशन नजिकैको नेपाल हाउस जाँदा हुन्छ, त्यहाँ तिनै बहिनी र ती दिदी उनका संस्कारयुक्त दुइ छोरा छोरीका हातबाट गफिदैं नेपाली खाना पाइन्छ । युरोप घुम्न आएर पुर्व प्रधानमन्त्री माधव नेपालदेखि अमेरिकाबाट मेरा मित्र पत्रकार शेखर ढुगेंलले समेतले प्रशंसागरेको नेपाली रेष्टुरेन्ट हो भन्दै दाजु भाउजुप्रत समर्पित मेरो नोटबुक यही सिध्याउछु । १४।०७।२०१३ राती १२ः४५ 

मेरो दैनिकीको डायरीबाट  

Saturday, August 3, 2013

हाम्रो सम्बन्ध, मनोवाद भाग– १

महेन्द्र पौडेल
{प्राविधिक कारणले अलिकति अपडेटीङ्गमा तलमाथी भएको छ । सुधारेर पढ्नु होला । क्षमाप्रार्थी छु ।}

हिजो उनी सरासर उठेर दराजको बाकस खोलिन् । दराजबाट एसएलसीदेखि एमएसम्मका सबै प्रमाणपत्र र केही कागजका टुक्रा निकालिन् । किचन र्‍याकको भित्रपटि्ट मटि्तेलको सेतो गेलेन थियो, त्यसलाई निकालेर बाहिर लगिन् । ती कागजका टुक्राहरुमा उनले मटि्टतेल छर्किन र सलाई पारिन् । एकैछिनमा आगोको मुस्लो निस्कियो र धुवाँ आकाशतिर उड्दै गयो, मैले झ्यालबाट ती धुँवालाई नियालेर हेरेँ, मेरा बर्षौसम्मका सपनाहरु थिए ती । मैले यी कागजहरुलाई झरी, बादल, बर्षा, घाम, अभाव, दवाव र प्रभाव जस्तोसुकै अबस्थामा विचलित नभई जुटाइदिएको थिएँ । एकअर्थमा मेरा सपनाको धुँवा होइन, मेरो शरीर जलेर धुवाँ बनेको म हिजो हेरी रहेको थिएँ ।
मुटु जोडले दोब्रियो, गाँठो परेर दुख्यो, निधारमा चिडचिड पसिना निक्ले । आँखाबाट बर्रर आँशु झरे । चारैतिर मैले अध्यारो देखेँ । र चक्कर लाग्न थाल्यो थचक्क भुइमा बसेछु ।यो नै खोजेको होइनस तैंले? अब त खुशी भइस नी ! कता कता यो शब्द सुनेँ । सधैं हजुर भन्ने आज अचानक उनी तँ मा झरिन् । म अचम्ममा परे । मेरा भिजेका परेलीलाई माथी उठाउँदै मैले पर्दाको छेउले आँशु पुछेँ । खाटमा बसेकी उनीसामु आएर उनको टाउँकोमा हात राखे । उनले मेरा हात झट्कारिन । मैले भनेँ- ‘आइ एम सरी’ उनले भनिन्- ‘अब सरी भनेर अर्थ छैन’ । उनी जुरुक्क उठेर छुट्टै ओछ्यान लगाएर सुत्न थालिन् । म भने यता खाटमा सिरानी अडेस लगाएर बिगत सोच्न पुगेँ ।ऊ बेला मर्ने बेलामा बुबाले यही केटी बिबाह गरेस् भनेर गाको सम्झे । म जन्मने बित्तिकै बिरे काकालाई बुबाले भनेछन्, ‘तिम्ले पनि छोरी पाएछौं भने बिरे, हामी सम्धी सम्धी हुने’ नभन्दै तीन बर्ष भित्र बुबा र बिरे सम्धी सम्धी भएछन् । बिरे काका काकीले पनि छोरी पाए । छोरीको नाम अनुपा राखियो र एउटै स्कुल भर्ना गरियो । हामी सानोमा अत्यन्तै मिल्ने साथी भयांै । स्कुलमा सबैले दुलाह दुलही भनेर गिज्याउँथे ।जतनसाथ पालेका मेरा कपालहरुलाई एकछिनमा मेरै अगाडी खौरेर भुइमा पुर्‍याए । कमाण्डलु बोकाएर मलाई लासको अगाडी हिडाए । ‘मलाई पनि सँगैं लैजाऊ’ आमाको श्वर सुन्दा सुन्दै हामी घाटमा पुग्यौं । एकनिमेषमै बुबा खरानी हुनुभयो । कृयाबस्ने क्रममा एकपल्ट बिरे काका आएर भने- ‘पढाईलाई चिन्ता नलिनु म छु’ म पनि तिम्रै बुबा हुँ । बिरे काकाले यसो भनिरहँदा एकपल्ट अँगालु जस्तो भयो । आँखा भरिए तैपनि म छोरो मान्छे देखाउन चाहिन । सँगै छेऊमा उभिएकी थिई – अनुपा । अलि अग्ली भएकी । स्कुले ड्रेसको सर्ट लगाएकी बेलका दानाभन्दा अलिसाना देखिएका स्तन । स्तनको मुन्टोले सर्टलाई अलिमाथी उचालेको । हुन पनि १६ पुगेर १७ भर्खरै लागेकी थिइन् । यो बर्ष अनुपाले एसएलसी दिनेछ, पास हुने हो कि फेल थाहा छैन तर अहिले ऊ निन्याउरो अनुहार देखाउँदै फिस्स हाँसी ।

बर्दियाको भुरीगाउँलाई छोडेर म उच्चशिक्षाको लागि काठमाडौं हानिएको थिएँ, त्यो पनि लामो समय भै सकेको थियो ।  उता अनुपाकी आमा श्वर्गवास भइसकेको थाहा पाएँ । अर्थात मेरी अनुपा टुहुरी भइसकेकी थिइन् । अध्ययनको १ वर्षपछि बुबाले बारम्बार घरमा बोलाउन थाल्नु भयो । स्वास्थ्य अवस्था नाजुक छ भन्ने तारन्तार खबरले बिचलित हुँदाहुँदै एकदिन बुबाको स्वास्थ्य सार्‍है बिगि्रयो भन्ने खबरआउनासाथ म घरतिर हान्निए, त्यो दिन घरभरी मान्छे थिए । गाडीबाट उत्रेर ठेलगाडामा घर जाँदै थिए । म आएको देखेर आमा परबाटै भक्कानिन् । सानी बहिनीले दादा बुबा त बित्नु भो भनेर अँगालो मारेर झुण्डिई । ठूलाबाले टुहुरो भा छैनस् म छुँ भनेर सुम्सुमाए । फूपुले अँगालो मार्दै ‘बिरेकी छोरी बिबाह गराइदिएस भनेर जानु भाछ दाइले भनिन्’ ।


तुलसीको मोठमा सेतो कपडामाथी पहेँलो पीताम्बरले ढाकेको बुबाको लास नजिकै आमा बसेकी । असहायबिहीन मेरी बहिनी पिढीको एकछेऊमा घोप्टो परेकी छे । मलाई भने दिमागमा एउटा कुरा खेलेको छ – ‘ भोली भाडा दिइनसभने सामान फाल्दिन्छु’ हिजो बिहान बुरुस गर्दा काठमाडौको घरबेटीले भनेको गुन्जीरहेको छ । सोच्दासोच्दै बुबालाई बाँसका फलेटाहरुले बाँधे अनि नरमाइलो गरी शंख फुके ।मानिसहरु आउँथे हामी छौनी बाबु भन्थे जान्थे, यो क्रम १३ दिनसम्म रह्यो, त्यसको भोलीपल्ट बडहरे काइँला आएर भने- ‘चामल, दाल आलु अरु किराना सामानको ठ्याक्कै ३५ हजार पुग्यो यसको सवा २ का दरले ब्याज लिन्छु बाबुले तमसुक गरिदिनु पर्‍यो’ । मैले हुन्छ भने सहिछाप गरिदिएँ । भोलीपल्ट फेरी बरबोटे बा र ठुला बा आउनुभो ‘बाटा घाटाको सबै ठूलाबालाई हिसाव गरेको छु’ ठूलाबाले मतिर हेर्दे भने ‘नगद २० हजार लिएको छु’ त्यो सबै दान, टिकाटाला र पंडीत खर्चमा सिद्धियो’ मैले हुन्छ भने सहिछाप गरिदिएँ ।बेलुकीको ५ बजिसकेको थियो, साझा बस आइसकेको थियो । बहिनीलाई राम्रोसँग पढेस भनेर अगाँलो मारे । बहिनीले भनी- दाईलाई अनुपाले खुबै सोध्छे- ‘हो र’ मैले पनि सोध्छ भनिदेऊन भन्दै म गाडीमा चढेँ र झयाल खोलेर हात हल्लाए । अलि टाढा पुगेर फेरी बहिनीलाई हेरेँ बहिनी भुइमा घोप्टो परेर बसेको देखेँ । एकमनले लाग्यो म गाडीबाट उत्रेर जाऊँ कि, गाडी आफ्नै रफतारमा कुद्न थाल्यो, त्यो भन्दा कैयौ गुणा मेरो मुटुको धड्कन कुद्न थाल्यो । सोँचे बहिनीले असहाय महसुश गरीहोली ! बुबा बितेपछि उसलाई चिन्ता पर्नु स्वभाविक हो । अब बुझ्ने भइसकेकी छ । यसपाली बहिनीले पनि अनुपासँगै एसएलसी दिदैंछे ।
साझा यातायातको टिकट ल्याइदिई बहिनीले काठमाडौं यात्राको । हिड्ने बेलामा आमाले गोठतिर देखाउँदै भन्नुभो ‘बाबै गोठ पनि रित्तो भो, लैनो र बक्रेनौ भैँसी तेराबाको उपचारमा खर्च भो, बौना गाई र थाले गोरु पहिल्यै बेचेर ऋण तिरेकी थिए, अब एउटा भैँसी ल्याउनु पर्‍यो दुध खानु पर्दछ, सराद गर्दा दुध कतिदिन अरुकोमा माग्न जाने’? मैले हुन्छ आमा भने – वरसम्म बहिनी पुर्‍याउन आइरही, बाटोमा बिरे काकाको घर थियो- काकाको दर्शन गरेँ काकाले आर्शिवाद दिदैं भन्नुभो ‘राम्रो सँग जानु, पुगेपछि खबर गर्नु’ मैले हुन्छ भने, पाइला सार्ने क्रममा यसो पछि फर्केको छतबाट अनुपाले हात हल्लाएको देखेँ । मैले पनि उल्टैवाट हात उचालेजस्तो गरी बाइ सिग्नल दिएँ ।सुनसान र मध्यरात गाडीको रफ्तार आफ्नै गतिमा छ । बिहानपख काठमाडौं झिसमिसेमा म काठमाडौंको कोठामा पुगीसकेको थिएँ । बुबा नभएकोले सारा जिम्मेवारी आफ्नो काँधमा आइपरेको गहुङ्गो भारी लिएर एकछिन बेडमा पल्टिएँ । रातभरीको यात्राले थकान महसुश भएपनि निन्दा भने लाग्न सकेन ।अभाव र साहुको दबाबमा दिनहरु यसरी बिते मानौं, हाँस्नै बिर्सिसकेछु । काठमाडौंको बानेश्वरमा मेरो डेरा । कहिलेकाँही पुतलीसडकबाट बानेश्वरपुग्दा श्वरसम्राट नारायण गोपालको गीत गाडीमा बजेको हुन्थ्यो कतिपल गीतकै भावमा डुब्दा म चावहिल पुगीसकेको हुन्थे ।समयले धेरै कोल्टो फेरी सकेको थियो । अनुपा र मेरी बहिनी दुवै एसएलसी पास भइसकेका थिए, बुबा वितेको एकवर्ष नहुँदै बिरेकाकाले बहिनीका लागि रामो घर खानदानी केटा ल्याउनु भो, आमाले पनि मनपराइसकेपछि बहिनीले नाइ नास्ती गरीन , सामान्य बिबााह गरियो, बाँकी वर्षदिन कटेपछि गर्ने भनेर ।उनी गिलास उठाउन आइपुगिन् । मेरा रित्ता गिलासमा उनका हात बढ्दै थिए । मैले उनको हात च्याप्प समातेँर भनेँ, नडराऊ । मसँग तिम्रो बिबाह गर्ने भन्नु भाछ बुबाले बिबाह गर्छौ मसँग? उनी लजाएर उता फर्किन् । मैले हात तान्दै बसालेँ उनी लजाएर टाउको तलगर्दै बसीन् । मेरा आँखा उनका बक्षस्थलमा परे, पहिला भन्दा अलि ठूला देखिए बक्ष्यस्थल, बेलका दाना जस्ता दुइ पहाडहरु, मन्दिरमाथीका गजुरजस्ता चुच्चा, । दुइ पहाडका बीचमा सेती नदी भासिएझैं भासीएको, इन्चले नापेर आकार मिलाएजस्तो, जनै स्टाइलले सल बाँधेपनि छातीनेर खुल्ला थियो । मैले उनको निहुरेको टाउकोलाई बिस्तारै समाते र सिधा बनाएँ, भन के छ विचार? उनको अनुहार एकैछिनमा राता भए, दुइ गालाहरु स्याउ जस्ता देखिए । उनको ओठ गुलाबका पत्रजस्तो देखिए, क्वाप्प टोकिदिऊ जस्तो लाग्यो । यो पल्टचाहिँ मलाई अनुभव भयो, साँच्चै बैंश आइसकेछ ।
बर्षदिन पनि कटयो तिलकैनीको १ विघा खेत बेचेर सबै ऋण तिरियो, बहिनीको बिबाह बुबाको वर्षदिनको, बडहरे काइँला र बरबोटे बाको ऋण, बिरेकाकाले आमासँग सल्लाह गर्नुभयो, अनुपाले पढन खोजेकी छे, मैले पढाउन पनि सकिन । बाबुको विवाह गरिदिनुपर्‍यो । दुबैजना उतै काठमाडौंमै पढ्थे, मेरो भारी पनि कम हुन्थ्यो साइली भाउजु, आमाका अनुहार चम्किला भए । पुलुक्क म तिर हेर्दै ‘गर्ने यसले हो मैले के भन्नु छ र भन्नुभो’, मैले सहमती जनाए, र, भने एकपल्ट अनुपालाई सोध्नु पर्दछ त्यसो भन्दै अनुपाको घर तिर लागियो । एकवर्षपछि देखेको मैले अनुपालाई अहिले झन् कति राम्री भएकी अलि व्यवहारिक जस्ती देखिएकी, कपाल पनि नकोरेकी, सुहाएको ।ल नानी बाबुलाई चिया बनाएर ल्याऊ, बिरे काकाले अर्डर गरे छोरीलाई, अनुपाको भाई अनुज एसएलसीको ट्युशन पढेर आयो र साइकल आँगनमा राख्दै हात जोडेर र नमस्ते भन्दै कोठीतिर गयो । ‘यसैको पीर छ बाबु, कतै यो बिग्रन्छ कि ! बिरे काकाले हाइगर्दै अनुजको चिन्ता पोखे, मैले भनेँ ‘म छु नी काका, यतिबेला मैले अस्थायी भएपनि मास्टरी जागीर प्राइमरी लेवलमा सुरु गरिसकेको थिएँ ।चिया पिइसकेपछि बीरे काका घरपछाडि बारीमा मकै छाट्न जानुभो, बुबालाई साथ दिदैं अनुज पनि उतै गयो । मैले चिया सकेँ ।उनले भनिन्, ‘त्यो पनि सोध्नुृ पर्दछ र,’ नानीले भन्नुभएन र? म झयाँल्यास्स भएँ, एक वर्षअगाडी बहिनीले साझा बस चढ्ने बेला भनेको कुरा ‘अनुपाले तपाईलाई सोधी राख्छे नी दाई’ भनेको कुरा ।त्यही बेला उताबाट बुबाले बोलाउनु भो ‘ए अनुपा’, उनी मेरो गिलास लिएर जुरुक्क उठिन्’ ‘यो घाँस लगेर बाख्रालाई हालीदेऊ’ ‘ हस, आएँ बुबा’ उनले भनिन् । म पछाडि बसेर हेरीरहेँ, कति अग्ली भइसकेकी अनुपा, छिनेको कम्मर, बारुलाका जस्ता । काँक्राको चिराजस्तो सर्लक्कको शरीर ।‘मकैपनि कतिबाक्लो छरिएछ-बिरे काकाले फुस्फुसाउँदै मनेर आएर भने’ मैले हात जोड्दै जान्छु काका भोली आमालाई पठाइदिन्छु भनेँ- ‘हस बाबु’ बीरे काकाले सानो स्वरमा भनेँ । मन फुरुङ हुँदै घर आएर भने आमालाई केटीले पनि मानेकी छे आमा । बिबाह गर्ने हो भने चाँडै गर्नुपर्दछ किनकी यो महिनासम्म म्याद छ काठमाडौंमा आइएको र्फम भर्न, आमाले ‘होर’ भन्नु भो । आमा चाहानुहुन्थ्यो, बुहारीलाई छोराले काठमाडौं लगेर पढाओस् । बैशाखको दोश्रो हप्ता विवाह छिनियो, टिकाटालो गरियो ।उनी एकछिनमा निदाउँदै बर्बराउन थालिन् । ‘इट इज टू मच अनुप, आइ हृयाभ टु गो होम’ भन्दै थिइन । बिहानपख मैले सोधेँ, ‘को हो अनुप? उनले भनिन् ‘आइ डन नो’ अफिस जाने बेला उनले भनिन् ‘आज पनि ढिला हुन्छ मलाई नकुर्नु’, यस्तो गतिविधि दिन प्रतिदिन हुँदै थियो ।
दुल्हन फर्काइवरी हामी काठमाडौं आयौं उही पुरानो डेरा, पुरानो स्टोभ, पुरानो खाट, पुरानो सिरक तर मेरी उनी भने नयाँ त्यसैले त कोठापनि आज नयाँ बनेको छ । उनी र म आजबाट कुमार र कुमारी नरहने दिन, त्यो पल कस्तो होला? संसार यसैमा छ, हरेक लडाई यसैमा छ । आजहामी वेडमा पहिलोपल्ट लड्ने दिन, अलिकति पीडा होला, पीडा भन्दा बढी आनन्द । उनको ओठ महभन्दा गुलिया त मलाई बस यात्रामै लागिसकेको थियो, उनी निदाएको मौका छोप्दै पछ्यौरीले छोप्दै ओठ चोरीसकेको थिएँ । अपार र स्वर्गीय आनन्द अब लाग्नेवाला थियो ।बिहानीपख शरीर हलुङो र फुरुङ्गो भयो, उनी विहानै उठेर पुजाआजा गरी चिया तयार गरिसकिछन् हामी दुवैजना लजाउँदै चिया पियौं । शंकरदेव क्याम्पस पुतलीसडकमा भर्ना गराएँ त्यो दिन, आइकमको । बेलुकी घरमा आउँदा उनले भनिन्, ‘हजुर पनि पढ्नु पर्दछ है’ मैले भनेँ ‘तिमीले पढ्यौ भने मैले पढेजस्तै हो’ म नपढेर पनि तिमीलाई पढाउँछु नी’ ‘ हजुर पनि’ उनले जोडले अँगालिन मलाई । दिनहरु यसरी वित्दै गए, बरु बाग्मतीमा पानी बगेको थाहा हुन थाल्यो, तर हाम्रा वर्ष वितेका थाहा हुन छाड्यो ।बिरे काकाले पनि हामीलाई छाडेको ४ वर्ष भइसक्यो भने, मेरी आमाले हामीलाई छाडेको २ वर्ष भइसकेछ । हाम्रो बिबाह गरेको पनि ८ वर्ष भइसकेको थियो यो बीचमा हामीले बिबाह दर्ता पनि गरिसकेका थिएनौं । हाम्रो कुनै बच्चा थिएनन् कारण, उनले भनिन् पढाई सकेपछि बच्चा गराउने, फेरी उनले भनिन्, जागीर खाएपछि गराउने । यो क्रम चलिरहेको थियो । अनुपाले आइए, विए गर्दै माष्टर सिध्याएर बैंकमा मेनेजरकोरुपमा काम गर्न थालेको ३ वर्ष भइसकेको थियो । म भनेँ उही प्राइमरी मास्ष्टर र आइए पास नगरेको तर यो पटक चाँही अस्थायीलाई शिक्षा मन्त्री गोविन्दराज जोशीले स्थायी गर्ने भन्ने सुनेको थिएँ ।पछिल्लो १ वर्षदेखि उनी कहिले तालिम र कहिले मिटिङ भन्दै लामो लामो दिनहरु वाहिरै विताउन थालिन्, मेनेजर न हो, व्यस्त भइन्छ, मैले त्यती चासो दिन छाडिसकेको थिएँ । एकदिन घर आउने वित्तिकै उनले बान्ता गरिन्, बान्तामा मादक पदार्थको जस्तो गन्ध, केही मासुका टुक्राहरु देखिए । मैले विस्तारै उनलाई उठाएर खाटमा सुताएँ ।मैले सहँदै गए, सहनुको पनि सीमा हुन्छ । सुर्य सिगरेटको धुँवालाई गोलो गर्दै आकाशतिर फाल्दै उनकै पर्खाइमा मेरा रातहरु काटिन छाडिसकेका थिए । उनी कहिले मात्तिएर त कहिले थकित भएर आउँथिन । मेरा प्रश्नका कुनै जवाफ दिदैंनथिन् । मैले करिव ३ महिनादेखि भन्न थालेको याद छ ‘ अब यो कोठा कि तिमी कि म’ हिजो अचानक अफिसबाट चाँडै आएर झोक्राएर बसिन् ‘आज फेरी के भो’ मैले भनेँ, उनले भनिन् ‘डन डिष्टर्व मि’ मेरा रौंहरु ढाडा भए, नजिकै गएर के खोजेको तिमीले ? मैले सुस्तरी चिउँडोमा छोएँ- अनि उनी सरासर दराजतिर गइन र आफ्ना सवै प्रमाणपत्रहरु निकालेर जलाउन थालिन् ।झल्यास्स फेरी रमेशको याद आयो, फोन लगाए- रमेश अरु कोही छ कि उनीसँग अमेरिका गएको प्लीज खोज्नुस् त, उसले एकछिन समय लगाएर खोज्यो र भन्यो दाई अनुप नाम छ । मैले टेलिफोनको रिसिभर राखिदिएँ । सरासर झयालनेर सुर्य सिगरेटको बट्टा खोले, र सिगरेट सल्काए, खसखस लाग्यो र, सिगरेट बट्टा भित्र केही भए जस्तो लाग्यो र फेरी हेरेँ, सानो चिट रहेछ, आइ एम सरी, म अब फर्किन्न, मलाई नकुर्नु, तपाईले अर्को बिबाह गर्नु, मबाट गल्ति भयो, म तपाईकी अब रहिन् । अनुपा ।
आज रमेशले एयरपोर्टबाट फोन गर्‍यो । दाई भाउजुलाई कहाँ पठाउनु भएको? मैले भने खोइ थाहा छैन, कहाँ गएको छ र? उसले भन्यो – अमेरिका’ म नै थिए, इमिग्रेसनमा बोल्दा पनि बोल्नु भएन । मलाई अचम्म लाग्यो, बल्खु फोन लगाए, मेरो एकसाथीलाई, जानकारीमा आयो, भाउजुले त ६ महिना अगाडी नै आफ्नो सर्टिफिकेटहरु हरायो भनेर डुव्लिकेट निकालीसक्नु भएको हो नी भन्यो ! मत छाँगावाट खसेझैं भएँ, बिरे काकालाई सम्झे, भित्तामा राखेको बुबा र आमाको तस्विरलाई सम्झे । यसैत टुहुरो त्यैमाथी असहाय हुन पुगेँ भान भयो । एक ऋतुको वर्षामा त्यति वर्षा हुन्न होला त्यति झरेँ आशुँ । कपडाहरु च्यातेर चिच्याएर उन्मुक्त भएर हिँडु जस्तो भो, मदिरा निस्लोट पिएर ढलुँ जस्तो भो, मैमाथी सबैले किन घात गर्नुपर्ने ? आठवर्ष अगाडीकी अनुपा सम्झेँ ।