धेरै समय पछि
आज तिमिले
खुशीका कुरा ग¥यौ
म भग्नावेश भै पल्टिरहेको थिएँ
तिमी आयौं
जगायौं
हिजो तिमीले शब्द पुकारिनौं
नाम दिइनौं
बस, यउटा साथी मात्र साथी
खै मैले केँ केँ सोचेँ
के के प्रश्न गरेँ, अनायशै नाम दिएँ
मुटु दिए, र दिने बाँचा गरे
तर तिमिले लिइनौं, सबै सबै
र अन्त्यमा आज फेरी
समय क्रमले तिम्रो नाम लिदैंछु
तिम्रो माला लिदैंछु
तिम्रो टिका लिँदैंछु
फरक त्यत्ति हो, हिजो मैले दिन चाँहे
आज तिमीले दिन चाह्रयौ
हिजो खुशीमा
आज आवश्यकतामा
हिजो रहरमा
आज कर्तव्यमा
नाता परिवर्तन
ठाउँ परिवर्तन
बस तिम्रो टिका
म लिँर्दछु ।
11.02.03 Antwerpen, time 10.03 morning





