यतिबेला मेरा मनमा अनेक किसिमका उतार चढावले व्याकुल बनाएको छ । त्यसो त मैले उनलाई मृत्युको कामना पनि गर्न सक्दिन । तर उनका विगतका गतिविधिहरु हेर्दा क्षमाशिल भने पक्कै छैनन् । अहिले उनी मृत्युको दोसाधमा लडाई लडिरहेका छन् उनी हुन्, २५० वर्ष नेपालको राज्यसत्तामा हालीमुहाली गरेको राजसंस्थाका पुर्व युवराज पारश शाह ।
मलाई उनको आनीबानी र व्यवहार पनि मन पर्दैन तर उनी हाम्रा मानिस र हाम्रा निकट युवासाथीहरुसँग लामो सम्पर्कमा रहे, उनका विचार र सोचहरु साथीभाईहरुले सुनाउँदा उनीदेश प्रति माया गर्ने एक नागरिक हुन् । उनलाई राजसंस्था भन्दा पनि देशका मायाले बेला बेलामा गाजेको कुरा सुनाउँथे साथीभाई । रुवेलकाण्डमा त्यत्रो तहल्का मच्चाइरहेका उनी जिल्ला प्रशासन कार्यालयमा आफैं उपस्थिति भएर नेपालको कानुनको मर्यादा र सम्मान अपनाएका थिए । अहिले नेपालमा कानुनको सम्मान हुने खानेले गर्दै गर्दैनन् तर एउटा शक्तिशाली पुर्व युवराजले कानुनको सम्मान गरेर देशप्रति आफ्नो नागरिकको दायित्व देखाउँदा कुनै पत्रकार र पत्रिकाले व्याख्या गरेन ।
मलाई उनको विगत हेर्दा लाग्छ र सम्झन मन लाग्छ प्रवीण गुरुङ जहाँ राजदरवारको वाटोमा अकस्मात दुर्घटना भयो । प्रवीणको मरे । म त्यतिबेला कुनै मिडियामा काम गर्दथे । हाम्रा धेरै साथीभाईहरुले उनका विषयमा राम्रा नराम्रा टिका टिप्पणी गरे, तर राजसंस्थाप्रति हामी नेपालीको सद्भाव र सहयोग थियो नै । त्यसको छानविन तत्कालिन राजा विरेन्द्रको निर्देशनमा भयो र पछि त्यो घटना साम्य भयो ।
राजदरवार हत्याकाण्डपछि पारस क्राउन प्रिन्स भए तर उनको स्वभाव उदण्ड नै देखियो, साना साना काठमाडौंको सडकमा विदेशी र महंगा मोटरसाइकल सयौं गतिमा दौडाउँदै सबैको नजर खिचे भने कहिले जुवा तास र मदिरामा क्यासिनो नै थर्काए त कहिले विभिन्न महिलाका सम्बन्धमा नाना भाँती प्रचारमा आए ।
केही वर्ष पहिले पनि हृदयघात भै नर्भिकमा उपचार भएको थियो । त्यसयता उनी भित्री र वाहिरी रुपले पुर्णरुपमा असुरक्षित थिए । युनुस अन्सारी भारतीय रुपैया काण्डमा पनि उनको नाम जोडियो र पारस शाह केही अन्डरवल्ड डनका आँखाका तारो बनेका छन् भन्ने कुरा पनि सार्वजनिक भई उनलाई सुरक्षा मागपनि गरियो सुरक्षाको लागि आवाज पनि उठाइयो । भारतीय विभिन्न मिडियाले उनका विषयमा नानाभाँती समाचारहरु सम्पे्रषण गरे । तर आज उनी फेरी हृदयघात भै मृत्यसँग लडिरहेका छन् उनी हुन नेपालका पुर्व युवराज एक नेपाली नागरिक सत्रुले पनि कसैको मृत्युको कामना गर्दैन ।
यस्तो बेला एकजना व्यक्ति जसका बाबुले १७ हजार नेपालीको रगत बगाएर सत्तामा पुगेका छन् । उनैका छोराले पारस शाह प्रति कुविचार राखी आफ्ना व्लगहरु भर्दा भने लाग्छ कस्ता नागरिक हुन् ती तिनका बाबुले नागरिकलाई कस्ता सम्मान गर्लान् । विदेशमा एक नागरिकको सुरक्षाको लागि देशैं उल्टीन्छ भने हाम्रोमा त्यो हुन सकेको छैन ।
त्यही व्यक्ति जसले पारसको मृत्युको हल्ला फैलाईरहेको छ जसरी विगत जनयुद्धमा प्रहरी र सैनिकसँगको युद्धमा मनोबल गिराउन वाहियात हल्लाहरु फैलाइन्थ्यो त्यसैले भन्ने गर्दछन केही नेता एमाओवादीमा अझै लोकतन्त्र छवी आएको छैन । त्यो उनी उनका आफन्त लडाई लडेका मानिसका गतिविधिले पुष्टी गरिरहेको छ । त्यसैले अव कामना गरौं पुर्व युवराज पारसप्रति उनलाई भगवानले साथ दिउन उनी फेरी नेपाली जनमानसमा एउटा दायित्ववोध नागरिक हुन् उनी सुध्रिएर आउन र नेपाली समाज नेपाली जनताप्रति माफि मागी सवैको प्यारो बनुन् । उनलाई भगवानले मृत्युलाई जित्ने संकल्प र साहस दिउन यही कामना गर्दछु ।
मेरो नीजि विचार






