w

twitter facebook google plus linkedin rss feed email

Friday, August 17, 2012

उफ यो रात किन अध्यारो छ?


उफ यो रात किन अध्यारो छ? निस्तब्ध रात सानो आवाजले पनि कोलाहलग्रस्त हुन्छ, यी मानिसहरु किन कराउँदै छन् ? म यस्तै यस्तै सोच्दै रात काटिरहेको थिएँ । मेरो अघिल्तिर एउटा कालो छायाँको धव्वा छ , म डरले कामिरहेको थिएँ । होइन हाम्रो गेटमा मुल नाइकेको रहेछ उसले बेला बेलाका कसले के गर्दछ नियाली रहन्छ र प्रशासनलाई जानकारी गराउँछ । उतापटिृबाट नारी संवेदनाका कोलाहलग्रस्त रुवाई निरन्तर मेरो कानमा बज्रिरहेको छ । म त्यो गहिरो पीडादायी श्वरलाई थाम्न सक्दिन मेरो मुटु त्यसै त्यसै भक्कानिन्छ । यस्ता रुवाई मैले सानोमा सुनेको थिएँ । 

जव म ५ वर्षको थिएँ । मेरो स्कुल डेढ घण्टा हिडेर जानु पर्दथ्यो । बाटोमा एउटा मगरनी भाउजुको दुकान थियो । उनको श्रीमान दुःखो जिलो गर्न भारततिर जान्थे र वर्षका एकपटक आउने गर्दथे तर पहाडको खोँचबाट भारत सरकारले सिद्धार्थ राजमार्ग बनाएको थियो त्यही राजमार्गबाट हामी स्कुल जाने गर्दथ्यौं । राती भरमग्दुर पानी परेको थियो र विहान पख पहाडका माटोहरु गल्छ कही कही पैरो समेत जाने गर्दछ । त्यसदिन विहान पनि माथीबाट पहिरो गएर त्यो दाइलाई ढुंगाले लागेछ विचरा, पानी पनि भन्न नपाई ठहरै भएका उनी त्यसदिन उनको धर्मपत्निले डाँको छोडेर रोएको याद मेरो जीवनको अविस्मरणीय याद हो । नारी जसले आफ्नो जन्मदिने बुबा आमा देखि उनले पाएको सवै संस्कार संस्कृति लाई तिलान्जली दिएर एउटा परपुरुषसँग समागम गर्न आइपुग्छे अझ भनौं वंश धान्न, उसले हरेक वाधा र व्यवधान वेहोर्नु पर्दछ जवसम्म उसले पुरुषप्रधान समाजमा गाडधन जोहो गर्नेलाई पैदा गर्न सकिन भने । 

बिचमा खम्बा छ, उतापटिृ महिला बन्दी रे यतापटिृ पुरुष । रात त्यसै त्यसै काटिन्छ उडुस र चिसो भुईमा विहान पख मिर्मिरे घाम झुल्किन्छ, घामका किरणहरुले मेरो निन्द्रलाई खुलाउँछ । जव निन्द्रा खुल्छ मैले आफुलाई संवेदनहिन पाउँछु । जहाँ मानिसहरु संवेदनहिन भएर वसेका अनेकौं कल्पनामा रमेका पाउँछु । युरोपको वसाईमा फेसबुक र इन्टरनेट भन्दा टाढा नभएको म । मोबाइल मोबाइलमा पल पलको खवरहरु अपडेट हेर्ने बानी थियो मेरो । एउटा ल्यापटप टेवुलमा र आइफोन सिरानीमा राखेर सुत्दथे । क्रमशः....

No comments:

Post a Comment