w

twitter facebook google plus linkedin rss feed email

Saturday, June 27, 2020

यसकारण बाबुरामसँग एकता भएन

महेन्द्र पौडेल:
केहीवर्षअघि तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले बानेश्वरस्थित आमसभालाई सम्बोधन गर्दै ‘बिदेशी प्रभुहरुको इशारा’ दक्षिणलाई खुब गाली गरेको देखेपछि माधव कुमारले जिब्रा टोक्दै अब यो मान्छे नेपालको इतिहासमा कहिल्यैपनि प्रधानमन्त्री हुनेछैन भनेका थिए । नेपालको प्रशासनदेखि राजनीतिसम्मको माइक्रोमेनेजमेन्टमा भारतीय इन्टिलेजेन्सीको हात बुझेका माधव कुमार नेपालले कहिल्यैपनि भारतलाई चिढाएका थिएनन् र छैनन । त्यसयता नेपालको राजनीतिमा धेरै पानी बगिसक्यो ।

राजनीतिमा बोलीमा र लाइनमा अडिग बस्ने गिरिजापछिको नेपालको राजनीतिमा तीनयस्ता नेताछन् फरक फरक भएपनि स्वभाव एउटै छ जसले आफ्नो स्वार्थका लागि जे पनि दाउमा लगाउन तयार रहन्छन् र जस्तोसुकै गोटी चाल्न पनि पछि पर्दैनन् । शेरवहादुर देउवा ती नेता हुन उनले आफ्नो स्वार्थका लागि जुनसुकै गोटी चाल्न तयार छन् यसैगरी चलायमान नेता हुन् प्रचण्ड उनले पनि आफ्नो अनुकूलको गोटी चाल्न माहिर छन् । तर केपी ओली फरक छन् । उनी आफ्नालाई संरक्षण गरेर आफ्नो बोलीमा अडिग रहने नेता ठानिन्छन् यसैगरी बाबुराम भटृराई एउटा यस्ता फरक नेता हुन् उनले आफ्नो पार्टीको लाइन भयो भने जे गर्नपनि तयार रहने नेता हुन् ।
बाबुरामसँग यसकारण एकता भएन 
केपी ओली प्रधानमन्त्री भैसकेपछि तत्कालिन नयाँ शक्तिका नेता बाबुराम भटृराईलाई बालुवाटार बोलाएर पार्टी एकिकरण गर्ने मनसाय पेश गरे । कुरा के थियो भने केपीओलीले सोचे यी प्रचण्ड चलायमान छन् यिनीसँग एकिकरण गरेर यिनलाई खोरभित्र थुनेपछि आफू शेर भइन्छ यिनलाई टक्कर दिन बाबुरामलाई ल्याइदिएपछि यी सिंह बनेका प्रचण्डखोरभित्र रहनेछन् । यस सिंहलाई एकिकरण नगरी खुल्ला छाडिदियो भने आफूले पाँचवर्षसम्म राज गर्न पाइदैंन भनेर उनले बाबुराम भटृराई सुझाए । एकिकरणका लागि तपाईले पच्चिस सीट भन्नुस् म सत्र सिटमा मिलाउँछु ।   पढ्दै जानुस क्रमस छ ।

केपीले भने ‘म यसैपनि रोगी छु । म पछि पालो तपार्इँको हो । प्रचण्डको भर छैन । विश्वास गर्न सकिदैंन । माधव नेपाल प्रयोग भैसकेका हुन् खुबी छैन । विष्णु पौडेल योग्य छैनन् । इश्वर पोखरेल संकिर्ण छन् । झलनाथलाई पत्याउन सकिँदैंन । त्यसैले म तपाईलाई सबै छाडिदिउँला’ ।

बाबुराम भटृराई मख्ख परे । यस कुरा पुग्यो प्रचण्डकोमा । प्रचण्डले बाबुराम भित्रिने हो भने आफू एकता नगर्ने भन्ने मुडमा पुगे । त्यसकारण बाबुरामभन्दा बरु प्रचण्डसँगै एकता गर्न ओली सुरक्षित ठाने । त्यसबाट विच्किएका बाबुराम ओलीको खरो विरोधमा उत्रन पुगे ।
तर त्यसपछि राजनीतिमा के भयो भने हिजो बैद्यको काँध चढेर बाबुराम, बाबुरामको काँध चढेर बादल खेलेका प्रचण्डले कहिले केपीको न्यानोमा माधवलाई पेल्ने माधवको न्यानोमा केपीलाई गर्दै खेल्दै रहे । यो खेल केपी ओलीलाई थाहा नभएको होइन ।
यसकारण पार्टी फुट्नबाट जोगियो 
भारतको नाकाबन्दी सामनागरेवापत राष्ट्र्रबादीको खोल ओढेका केपी ओलीलाई धन्नै खुस्काइदिएका थिए प्रचण्डहरुले बहुमतको आधारमा । त्यो खेललाई बामदेवकार्ड फालेर फेल खुवाएपछि बामदेबले आफूलाई अपमानित भएको ठानेर विज्ञप्तिसमेत निकाले । तर फेरि बामदेब केपी विरुद्ध जाँदैगर्दा पद्मा अर्याललाई हतारहतार गरी केपीले नक्सा तयार गरेर पेश गर्न आदेश दिए ।
मन्त्रिपरिषदबाट पास हुँदै संसदमा जब नक्सा पेश भयो । केपी ओलीले के ठानेका थिए भने त्यसमा मत विभाजन हुनेछ । र पास नभएपछि आफूले आफ्ना समर्थन लिएर अराष्ट्र्रिय तत्व र राष्ट्र्र विरोधीहरुले नक्सा पास गर्न दिएनन् भन्दै पार्टी फुटाएर पुरानो एमाले ब्युँताउने र त्यसैबाट मध्यवधिमा जाने डिजाइन रचेका थिए भैदियो के भने सबै केपी ओलीको राष्ट्र्बादी ढोंगको खोलभित्र पसिदिए केवल सरिता गिरी बाहेक ।
त्यसदिन गहिरोरुपले संसदभित्र केपी ओलीको अनुहार हेरेर आंकलन गर्न सकिन्छ । उनले नचिताएको भैदियो । अरु कुनै माध्यम नभएपनि उनले नागरिकताको कार्ड फालिदिए ।
माधब नेपाल सम्भावित प्रधानमन्त्री 
चाइनाले त्यसबेला जोगाइदिएको केपी ओलीको कुर्चि यसपटक नजोगिने जस्तो छ । चारैतीरबाट कर्नर परेपछि ओलीले संख्यात्मक हिसाबको गुटबन्दी भयो भन्न थालेका छन् । स्थायी कमिटीको बैठकमा समेत अनुपस्थितले के देखाउँछ भने उनी कर्नरमा पुगेको भान हुन्छ । यसपटक प्रचण्डले चारैतीरबाट कर्नर गरेका छन् । सभामुख प्रचण्डपक्ष अग्नी सापकोटा हुन् । उनले संसदको सुचिमा एमसीसी नपारिदिएपछि यसको म्याद लगभग सकिन लागेको छ । असार १६ पछि सकिने यसको म्याद १७ मा नेकपाको बैठक छ यसर्थ । अब त्यहाँ रणनीतिक खेल हुनेछ । केपी कर्नर परेपछि उनी बिरामी छु भन्दै बिदेश वा स्वदेशमा उपचारमा रम्नेछन् ।
कार्यकारीलाइनमा प्रचण्ड 
माधब नेपाललाई प्रम बनाएपछि आफ्नो लाइन पास भएको ठान्नेछन् प्रचण्डले  । माधब नेपालबाट  उनले संसदमा कार्यकारी राष्ट्र्पति हुने कुराको ग्यारेन्टी गरेर माधव नेपाललाई समर्थन गर्नेछन् । र माधब नेपालले चुनाव गराएपछि कार्यकारी राष्ट्र्रपति आफू बन्ने होडमा प्रचण्ड छन् यसकारण उनले कार्यकारी लाइन ताकेका छन् ।

केही स्रोत र साथीभाईको सुचना अनि मेरा नीजि बिचार हुन् ।

No comments:

Post a Comment