w

twitter facebook google plus linkedin rss feed email

Thursday, August 16, 2012

फरिद जकरिया र हामी बुद्धप्रेमी

महेन्द्र पौडेल
बेल्जियम, ३२ श्रावण ः  

गतकेही हप्ता अगाडी नेपाली संचारमाध्यमका मिडियाहरुमा जताततै फरिद जकरियाको विषयलाई लिएर समाचार सम्पे्रषित भए । हरेक संचारकर्मी र पत्रकारहरुले ट्वीटर, फेसबुकजस्ता सामाजिक सन्जालको माध्यमबाट आक्रोस र खुशीव्यक्त गरे । कसैकसैले पाप धुरीबाट कराउँछ पनि भने ।  किनकी प्रसिद्ध टेलिभिजन प्रस्तोता एवं सीएनएनका 

स्तम्भकार फरिद जकरियालाई एकमहिनाको लागि निलम्बन गरिदियो र उनको स्तम्भ रोकिदियो कारण चोरेको आरोपमा । फरिद आफैं यो कुरा स्वीकार गरेर उनले आफ्ना पाठकलाई ट्वीट गर्दै स्टेटमेन्टपनि दिएका छन् । जसलाई सीएनएन वल्डले  अगष्ट १०, २०१२ मा छापेको छ । यो उनले ठूलो भूलगरेको गल्ति 

स्वीकारेका छन । जुनकुरालाई १,५५२ जनाले ट्वीट गरेभने ४४२ जनाले फेसबुकमा शेयर गरेलगत्तै यो लेख तयार पार्दा सम्ममा ५७२ वटा कमेन्टहरु आइसकेका छन् । यसरी यउटा प्रसिद्ध लेखक तथा स्तम्भकारले अर्काको लेख वा किताबबाट हुवहु सारेर चोरेको भरमा माफी माग्नुपरेको घटनाले सीएनएनको विश्वसनियतामाथी प्रश्न मात्रै उठाउँदैन, उनको नियतसँग पनि जोडिन्छ । उनका धेरै कितावहरु छन् । त्यसमध्ये ‘द पोष्ट अमेरिकन वल्ड’ भन्ने पुस्तकको विषयमा नेपालका एकजना सभासद तथा राजनीतिक विश्लेषकले लेख्छन् कि  किताबको बारेमा विस्तृत टिप्पणी गर्न गैरहेको छैन । मैले पढ्दै जाँदा किताबको १५४ पृष्ठको अन्तिम प्याराग्राफमा गम्भीर र आपत्तिजनक प्रसंग भेटें । एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको स्वाभिमानी नेपालीलाई उनको त्यो लेखाईले गहिरो चोट पुर्‍यायो ।

व्यवस्थापिका(संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसलाई गम्भीर रुपमा उठाए । त्यो कुरा गृहमन्त्रीमार्फत संस्कृतिमन्त्रीकहाँसम्म पुगेछ र राष्ट्रपतिको ध्यानाकर्षण गराएको कुरा पनि जाकारी भयो । जकरियाको बौद्धिक क्षमता र राजनीतिक विश्लेषणको चर्चा र प्रसंशा भैरहेको बेला आफ्नो महत्वपूर्ण ग्रन्थमा विष वाक्यको प्रयोग गरेर सम्पूर्ण देशभक्त स्वाभिमानी नेपालीको मुटुमा मात्र होइन करोडौं बौद्धमार्गीहरूको मुटुमा तिर रोप्ने काम उनले किनगर्नु परेको होला भन्ने कुरा गहिरो गरी लागेकोछ ।

जकरियाले ुहिन्दु विश्व दृष्टिकोणु भन्ने उपशिर्षक अन्तगरगत लेख्छन्, ुबुद्ध भारतीय थिए र बुद्धिजम भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिष्ट छैनन्’ ।

यसरी नेपालको सार्वभौममाथी नै आँच आउने गरी अर्थात अर्को देशको धार्मिक साँस्कृतिक सम्पदा एवं महान विभुतीमाथी नै गलत ढंगले अफवाह फैलाउने कार्यगरेबाट नेपालीहरु रुष्ट भए, उनका कितावहरु जले । तैपनि हामी नेपाली शान्त र सौम्य ढंगले सत्यको पर्खामा थियौं । हाम्रो ऐतिहासिक कुरालाई मेटाउने कसैको हिम्मत पनि छैन र थिएन पनि । अन्तत उनलाई चोरेको आरोप लाग्न थाल्यो, एउटा लेखकलाई यो भन्दा पीडा केही हुँदैन, उसको आत्मसम्मानमा पुगेको ठेस लेखकलै नै वुझ्छ । तर यसो भनिरहँदा नेपालबाट प्रकासित राष्ट्रिय पत्रिका नागरिक दैनिकले यही श्रावण ३१ मा अर्को तथ्य सार्वजनिक ग¥यो जुन यस्तो छ‘ 
  जकरियाको २००८ मा प्रकाशित पोस्ट अमेरिकन वर्ल्डमा इन्टेल क्रपका प्रमुख कार्यकारी एन्डी ग्रोभले राष्ट्रिय आर्थिक शक्तिबारे बोलेको कुरा हुवहु छापिएको फेला परेको हो।

ुयुरोप खराव अवस्थातिर जाँदा अमेरिका पनि खतरामा परिरहेको छ, खराव त के हो भने यसबारे कसैलाई वास्ता छैनु भन्ने ग्रोभको विचारलाई जाकरियाको पुस्तकमा भेटिएको हो। वासिङटन पोस्टका अनुसार जाकरियाको उक्त किताव वेस्टसेलर भएको थियो जसले उल्लेखित कमेन्टको स्रोत खुलाएको थिएन। न त सन् २००९ मा पेपरव्याक भर्सनमा छापिएको पोस्ट अमेरिकन वर्डमा नै यो कुरालाई स्थान दिइयो। 

वास्तवमा ग्रोभको धारणा तीन वर्षअघि नै थ्री बिलयन न्यु क्यापिटलिस्ट स् दी ग्रेट सिफ्ट अफ पावर टू दी इस्टमा प्रकाशित भइसकेको थियो। यो पुस्तक क्लेडी भी प्रिस्टोविट्जले प्रकाशित गरेका थिए ।’ यसरी स्रोत नदिईकन प्रकासित गर्ने दुस्साहस जकरियाले गरेका छन् । उनी भारतीयमूलका पत्रकार हुन् । तर उनले बुद्ध नेपालमा नजन्मेको भन्ने भ्रामक प्रचार प्रसारका विरुद्ध गलत नियत देखिन्छ । 

सबैलाई थाहा भएकै विषय हो, इशापुर्व ६०० वर्ष अगाडी रुपन्देही जिल्लाको लुम्बिनीमा भएको हो । यस जिल्लाको मानवसभ्यताको इतिहास अलिखित छ । मानव पुर्खा १ करोड १० लाख वर्षपुरानो  नर वानरको दाँत भेटिएको थियो । बुद्धजन्मेका शीला र ढुंगाहरु अद्यापि छन् । यसैले विश्वमा ८० करोड बुद्धमार्गीहरु उनका अनुयायी छन् । त्यसैले हामीलाई गर्व छ नेपाल र नेपालीप्रति हाम्रो आस्थाका धरोहर बुद्धको शालिन सौम्य ज्ञान सवैले लिउन, बुद्धप्रेमीहरु चुप र शान्त हुन्छन् जसको फल र सत्यता वारम्वार वोल्ने जकरियाजस्ता भ्रामकहरुलाई शान्त भएर नै जितिएको छ । 

No comments:

Post a Comment