![]() |
| तस्वीर ः डा भगवान कोइराला, सौजन्य गुगल सर्चवाट |
जव मानिसले काम मनबाट नै गर्न खोज्छ वा गर्दछ त्यसमा वाधा अड्चन आइदिदा वा उसको काम गराइहरु सहकर्मीले नवुझीदिँदा रिस उठ्छ तर रिस उठेपनि त्यसलाई थामेर रुनु भनेको निरिह हुनु हो । हो यस्तै निरिहताको प्रर्दशन डाक्टर भगवान कोइरालाले यही ३१ वार्षिकोत्सवमा गरेका छन् । त्रिवि शिक्षण अस्पतालको ३१ औं वार्षिक समारोहमा अस्पतालको प्रगति प्रतिवेदन पेश भएको वखत उनी रुन पुगेका थिए । पछिल्लो तथ्यांक पेश गर्दै गर्दा उनका आँखावाट आशु झन पुग्यो ।
अस्पतालको व्यवस्थापनमा कठोर प्रशासक बन्नसक्ने छवि भएका कोइराला आफैँ रुँदा माहोल एकाएक भावुक बन्यो । भाषणकै क्रममा ‘आफू निर्देशक हुँदा बीचमा केही समस्या आयो’ भनेपछि उनका आँसु खसेका थिए । आखिर के थिए ती समस्या रु शिक्षण अस्पतालको वार्षिकोत्सव समारोहको केन्द्रबिन्दु बनेका कोइरालले आँसु झार्दै प्रतिज्ञा गरे, ‘सरकारले दिएको पैसालाई जनताको पोल्टामा पु¥याउँछु ।’
६ महिनाअघि निर्देशक भएसँगै कोइरालाले उत्साहका साथ काम थालेका थिए । कर्मचारीदेखि वरिष्ठ प्राध्यापक चिकित्सकलाई उनले कामका लागि बाध्य बनाए । कमिसनको जालो तोडे । बिरामीलाई जथाभावि रिफर गर्नेहरूको भण्डाफोर नै गरे । बिरामी निजी अस्पतालमा पठाउन रोकिएको विषयलाई लिएर कोइरालाको ‘बोल्ड डिसिजन’ भन्दै पत्रपत्रिकाले मुख्य सामाचार बनाए । कोइरालालाई टिक्न नदिन अनेक तिकडम भयो । त्यसपछि उनले सञ्चालनमा नरहेको सीसीयू सेवालाई गाभेर आईसीयू सेवा विस्तार गर्दा सेवा हटाएको भन्दै एउटै चिकित्सकका नाममा सयौँ पाठक पत्र छपाइयो ।
बिरामी बेच्ने बानी परेका धेरै चिकित्सक उनीसँग रिसाए । चिकित्सक प्राध्यापक संघ र नेपाल प्राध्यापक संघ आईओएम इकाइका नाममा कोइराला विरुद्ध वक्तव्यवाजी भयो । उनीहरूले भने, ‘हाम्रो मानमर्दन भयो ।’ राजीनामा दिएका कोइरालालाई फर्किन नदिन ठूलै चलखेल भयो ।
ती षड्यन्त्र चिर्दै कोइरालले सरकारबाट संस्थाका लागि करोडौँ अनुदान लिएर काममा फर्किए । अहिले पनि कोइरालाकै पहलमा सरकारले शिक्षण अस्पताललाई त्रिविमार्फत बाहेक नै एकमुष्ट २८ करोड रुपैयाँ अनुदान दियो ।
पूर्णरूपमा संस्थाप्रति समर्पित कोइरालाले सुधार अभियान सुनाइरहँदा आफूविरुद्ध भएको षड्यन्त्र र तिकडमबाजी सम्झिएर आँसु खसेको आफू निकटका चिकित्सकसँग खुलाएका थिए । ‘मन थाम्नै सकिनँ,’ डा। कोइरालालाई उद्धृत गर्दै एक चिकित्सकले भने ।
इहेल्थको श्रोतबाट








No comments:
Post a Comment