प्राविधक चिजले मानिसलाई कहिलेकाँही यसरी झुक्काउँछ, कि प्राविधकि चिजसँग मानिसले जर्वजस्तीगर्न पनि हुँदैन । बेल्जियम रहँदै र बस्दै गर्दा धेरै नेता, कार्यकर्ता र पत्रकारहरु आएपनि उनीहरुलाई भेट्न गइन्थेन, तर यसवीचमा पत्रकार महासंघका सचिव र मेरा मित्र कान्तिपुरकर्मी कुलचन्द्र न्यौपानेले गिरिजा प्रसाद कोइरालाको जीवनीमा आधारित आन्दोलनका क्रममा हवाइ जहाज अपहरण काण्डको एउटा वृत्तिचित्र लिएर आएका थिए ।
भलै त्यो वृत्तचित्र मैले हेर्न नपाएपनि गिरिजा प्रसाद कोइरालाको इतिहाससँग मपनि परिचित छु । युरोपका धेरै ठाउँमा उहाँहरुले त्यो वृत्तचित्र प्रदर्शन गरे, परन्तु तत्कालिन बेला गिरिजा प्रसाद कोइरालाले गरेको हवाइजहाज अपहरणकाण्ड वस्तुत ठिक थियो वा थिएन वा आवश्यक थियो वा थिएन त्यो आगामी इतिहासले समिक्षा गर्ला । तर उहाँहरुको देन र लगावलाई सम्मान गर्दै भेटेर बस्ने दिन जुरेको थिएन । करिव ३ साता उहाँहरुको युरोप वसाइका क्रममा भेट्न नपाएपनि अन्तिम जाने दिन विदाई गर्ने सल्लाह बेल्जियम निवासी मित्र ओम शर्माबाट थाहा पाएपछि हामी त्यतातिर हान्नियौं । लुभेन निवासी एकजना दिदीको घरमा उहाँहरु थिएन ती दिदीको घर घर जाने क्रममा लिफट् चढ्नु पर्ने रहेछ ।
लिफ्टमा ४०० केजी भन्दा धेरै लिफ्टले धान्दैन स्पष्ट लेखिएको थियो । अर्थात केवल ४ जना मान्छे भन्दा बढी नधान्ने रहेछ । हामी सातै जना लिफ्ट चढ्यौं अन्तत विचमा गएर लिफ्ट अड्कियो । त्यहाँ उल्लेखित आपतकालिन नम्बरहरुमा हामीले सम्पर्क ग¥यौं तर खोइ छुटृीको दिन भएर होला उत्तर राम्रो आएन । सबैतिर रेस्पोन्स नभएपछि मैले एकजना मित्रलाई भने पुलिसको नम्बरमा फोन लगाउनुस् । अन्तत पुलिसलाई फोन लगाएपछि पुलिसद्वारा सम्बन्धित क्षेत्रमा जानकारी हुनेवित्तिकै प्राविधिकहरु आएर हामीलाई वाहिर निकाले यो बीचमा हामी आधा घण्टा यत्तिकै वितायौं के गर्ने नगर्ने भनेर,
तसर्थ पुलिसलाई हामीले समयमै खवर गरेको भए हामी १० मिनेटमै निक्लेन्थ्यो त्यहाँ भित्र बसेर प्राविधकचिजमा जर्वजस्ती गर्नु मुर्खतासिवाय केही होइन, तर म एउटा स्वास्थ्यको समस्या भएको मान्छेलाई एकदम असजिलो भइसकेको थियो , कुनैबेला काठमाडौंमा भिजिट नेपाल ९८ को कार्यक्रम टुँडीखेलमा हुँदै थियो । मलगायत धेरै साथी थियौ, अत्यन्तै भिडभाड र अतास भयो त्यहाँ मलाई स्वासप्रश्वासमा समस्या आउन थाल्यो, म हतार हतार वाहिरीएँ, यस्ता घटना एक दुइपल्ट भएकाले हिजो पनि त्यही फिल गरेँकी कतै स्वासप्रश्वास समस्या आएर म यही ढल्ने त होइन भन्ने, तर हामी आफैं वेबकुफ हौं जहाँ आवश्यकभन्दा वढी मानिस चढेर लिफ्ट अड्कायौं ।
अन्त्यमा दुवैजनालाई भेटियो । स्वागत गरियो, बेल्जियमको एउटा संस्थाले स्वागत ग¥यो । र शुभयात्रा भन्दै विदा गरियो । डायरी दैनिकी
दिनांक, १२। ०८। २०१३ दिउँसो १६ः०२







No comments:
Post a Comment