मानिसहरु भन्छन् नगर आलोचना, आलोचना गर्दैमा हुने केही होइन, अझ धेरैले भन्छन् संघ संस्थाका कार्यक्रम भयो भने फलानोले आलोचना मात्रै गर्दछ किन बोलाउने? तर यस्ता कुराहरु केवल बेवकुफहरुले मात्र गर्दछन । हामी स्वतन्त्र भएर लेख्नेहरुले धेरै आलोचनात्मक लेख्छन्, वाहिरी निन्दा पनि खेप्छन् आज यही विषयमा लेख्न मन लाग्यो । तसर्थ आज आलोचना र सत्यका विषयमा केही कुरा मेरो डायरीमा राख्न अनुमती चाहन्छु । सकरात्मक आलोचनाले गर्दा स्वरुपनै बदलिन सक्छ , नयाँ मोडको विकास हुन सक्छ । किनकी यो आलोचना मानिसको उत्पत्तिदेखि नै आएको चिज हो । किनकी उत्पत्तिमा पनि दुइटा पाटा भए, महिला र पुरुष, आजपर्यन्तपनि हाम्रा सन्तान जन्मिए भने सवभन्दा पहिला नाभी मुनिनै हेर्दछै, भन्छौं । तसर्थ आलोचना भन्ने चिज यस्तो रहेछ, कि भगवानका पालादेखि नै चलेको रहेछ ।
भगवानहरु पनि एक अर्कामा आलोचना गर्दा रहेछन् प्रसंग आलोचनाको विषयवस्तुवाट शुरु गरौं । संसारमा सत्य देख्न चाहने, सत्यको पछि लाग्ने, सत्य सुन्न चाहने मानिसहरु नै वढी आलोचना गर्दछन् , सत्यको पछि को लाग्छन् होला? उत्तर सहज छ, जो सँग भोग विलास छैन, जीवन र जगतलाई वुझेर आन्तरीक तृप्तिमा रुमलिरहेको छ । जसलाई वाहिरी अतृप्त समाजसँग लिनुदिनु छैन । मुख्य कुरा जो सँग न लिनु छ न दिनु छ त्यसैले नै बढी आलोचना गर्दछ । त्यो नै सत्य हो र सत्य नै प्रमाण हो ।
भगवान बुद्धले पनि महाबीरको आलोचना गरे । महावीरले आलोचना गरे भगवान कृष्णको, लाओत्सेले आलोचना गरे कन्फयूसिसको, र जिससले यति आलोचना गरेकी सुलीमै चढ्नु प¥यो । आलोचना निन्दा होइन वुझ्न जरुरी छ ।
तर यो आलोचना राजनीतिक नेतामा लागु हुँदैन किनकी राजनीतिक नेतामा जहिले पनि निन्दा हुन्छ एक अर्कामा । राजनीतिक नेताहरु हिसाववाट चल्दछन्, उनीहरु समाजले जे सुन्न चाहन्छ त्यही भन्छन् । त्यहाँ सत्यको केही प्रयोजन नै हुँदैन केवल अधिकारको प्रयोजन हुन्छ । नेताहरु प्रायगरी समन्वयको कुरा गर्दछन, ‘हुन्छ,’ ‘गरौंला’ आदि इत्यादी । महात्म गान्धीले कुरान पनि ठिक, पुराण पनि ठिक भन्छन् । महावीर पनि ठिक कृष्ण पनि ठिक भन्छन् । सबैलाई ठिक भन्छन् कसैको मन दुखाउन चाहँदैनन, कृष्ण पनि ठिक, मोहम्मद पनि ठिक । किनकी उनी न कृष्णसँग मतलव छ? न महावीर न बृद्ध, न मोहम्मदरु केवल मतलव छ हिन्दुहरुसँग, मतलव छ त बुद्धिष्टहरुसँग, मतलव छ जैनहरुसँग मतलव छ मुस्लिमहरुसँग त्यसैले कसैलाई चिढाउन चाहन्न्न् । त्यसैले राजनीतिमा लागेका मानिसका आलोचना चाँहि,आलोचना होइन निन्दा हो ।
जैन धर्मालम्बीका गुरु महावीरले भन्लान, कसैको शरणमा नजानु ।
किनकी उनले सत्य कसैको शरणमा नगई प्राप्त भयो । मानिसले जे भोग्यो जे जान्यो त्यहीनै त भन्छनी , किनकी निष्ठावान व्यक्तिले त्यही नै गर्दछ नी । किनकी जुनवाटोबाट हिडेको हुन्छ, त्यो बाटो नै परिचित हुन्छ । त्यसैले उनले भगवान कृष्णको आलोचना गरे, कृष्ण गलत छन् भनेर । फेरी भगवान कृष्ण भन्छन् । ‘सर्व धर्मान् परित्यज्य मामेकं शरणं ब्रज’ । ‘सब छोडेर मेरो शरणमा आऊ’ । तसर्थ कृष्णले त्यही जाने त्यही बताए । उनी शरण भएर पाए सत्य, उनी सर्मपण भएर पाए सत्य । कृष्णले भने महावीर गलत छन, हामीले कसलाई चुन्नेरु भगवान कृष्णले भन्छन् मैले झुकेर नै सत्य पाएँ । म झुकेँ भरिपूर्ण भएँ । जवतक म सिधा थिएँ केवल खाली थिएँ । मैले आफ्नो अनुभववाट भनेको छु महावीर गलत छन् । फेरी महावीर भन्लान् कृष्ण गलत छन् । जुन म भन्छु त्यसलाई या दगर्ने कोशीश गर्नुहोस् कसैको शरणमा नजानुस, आत्मस्वभाविमान घट्ला । बंचित हुन सकिन्छ । सत्यको जान्नु छ भने पहिले स्वयं आपूmले आपूmलाई जान्नुपर्दछ ।
यदि दुवैले दुवै ठिक भनेको भए विखलबन्दमा परिन्थ्यो, दुवैले एक अर्काको आलोचना गरेपछि जसलाई कृष्ण मन पर्दछ ऊ कृष्णको वाटो जसलाई महावीर मन पर्दछ ऊ महावीरको वाटो । यदि सबै ठिक भनेको भए, महावीर, कृष्ण, बुद्ध, कुरान, गीता र वाइवल अव समाउने कुन ? जाने कहाँ ? तसर्थ चौवाटोमा ठगीएर रहने सबै वाटो ठिक छ, कुन वाटो जानेरु तसर्थ एउटा वाटो छान्नु पर्ने हुन्छ । यसकारण राम्रा व्यक्ति, समाजका स्वच्छ व्यक्तिले समाज वा संगठनको आलोचना गर्दछन् । आलोचना जहिले पनि सिद्धान्ततर्फ हुन्छ । बिकृतिको विरुद्ध हुन्छ । त्यहाँ निन्दा कत्ति पनि हुन्न । निन्दा केवल व्यक्तिको तर्फ उन्मुख हुन्छ भने आलोचना मार्गको तर्फ उन्मुख हुन्छ । तसर्थ आलोचना भयो भनेर कोही यसको चिन्तामा पर्नु जरुरी पनि छैन, कि किन आलोचना भयो ? आलोचनाले तपाईलाई मार्ग चुन्ने मौका दिन्छ, मान्छे चिन्ने मौका दिन्छ, जसले तपाई वा तपाईको संगठनको आलोचना गर्दछ सम्झनुहोस त्यो तपाईको आफ्नो हो चुन्नुहोस, जुन सैद्धान्तिक आलोचना हुन्छ त्यो नै सत्य हो ।
३ अगष्ट २०१३ एन्त्वारपेन बेल्जियम १९ः६०







No comments:
Post a Comment