सुचनाको हक र यसको व्यवहारिक प्रयोग के हो भन्ने कुरा आम जनमानसमा नपुग्नु नागरिकले सुचनाको हक सम्बन्धी जानकारी लिन नसक्नु वा सुचनाको यथोचित मर्यादा वुझ्न नसक्नु वर्तमान नेपालको परिस्थिति छ । आकाशमा झलक्क मिल्कने वित्तिकै गर्जन्छ भनेझैं पत्रकार भन्ने वित्तिकै सुचना ऊ समक्ष आइपुग्छ भन्ने मनोगतग्रस्त नेपाली समाज मुक्त हुन सकेको छैन । अरुको देखासिकीमा मिनीस्कट लगाउने र चाणक्य नीति भन्दै फेसबुकमा टाल्दैमा आदत फेरिने भए, कीर्तिपुरमा डिग्री पढ्ने र होस्टेलमा बस्नेजति राजपत्रांकित तृतिय श्रेणी हुने थिए, उमेर कटेपछि मलेशिया र खाडी धाउनु पर्दैनथ्यो । खैर जे सुकै भएपनि विद्याका साथ जीवनका आदर्श केही उच्च हुँदैनन् भने हामीले पढ्नु वेकार छ भन्ने कुरा भिमनिधि तिवारीका कविताहरु माध्यामिक स्तरमा पढेर हुर्केका हाम्रा समाजका वर्तमान पुस्ताले सुचना र मिडिया पत्रकारीतालाई सबैभन्दा वढी असुरक्षा रहेको एसियाका महादेश भित्रको पाकिस्तान पछिको दोश्रोमा नेपाल राखिएको थियो जतिबेला अमेरिकी पत्रकाल जोन पर्लको पाकिस्तानमा हत्या गरियो त्यसको केही वर्षपछि नेपालीहरु यति तल्लो र निम्नस्तरमा उत्रे जनकपुरकी महिला पत्रकार उमासिंहको हत्या गर्न पुगे अन्तत के भो भने नेपाल महिला पत्रकार हत्या गर्ने एसियाको पहिलो राष्ट्र बन्न पुग्यो ।
हामी पहिलो भयौं पत्रकार हत्या गर्ने देशमध्ये किनकी हामीकहाँ इस्लाम धर्म मान्ने कम छन् पाकिस्तानमा धेरै छन्, पाकिस्तानसँगै जोडिएको देश अफगानिस्तान पनि पत्रकारको लागि संरक्षित छ । बरु नेपालका पत्रकार आफ्नो आइडी वोकेर तालिवानको क्षेत्रमा गए भने बुद्धका मुति ढालेका तालिवानले नेपालीपत्रकारहरुलाई सुरक्षित राख्न सक्छन् तर हामी तालिवानभन्दा पनि क्रुर छौं भन्ने कुरा पत्रकारमाथीको हत्या मात्र नभएर धम्कि त्रास, शारिरीक र मानसिक , अभाव, प्रभाव र दवावमा जीवन विताइरहेका पत्रकारसाथीले भोगेका तितो अनुभव हो । सुचनाको हक श्रमजिवीले आफ्ना दैनन्दिन काम सकेर समाजको लागि लेख्नेलाई प्रेरणा त परैजाओस उल्टै हातपात गर्ने काट्ने कुट्ने हान्ने हतोत्साही गर्ने जंगलीहरु भयौं हामी । यो कुन समाजमा हुन्छ जुन समाज क्रुर अमानवीय राक्षसहरुको वस्ती भएको समाज हुन्छ, जहाँ मानवताको घृणित कार्य भएपनि सुचनालाई प्राथमिकतामा राखिन्थ्यो, १७४९ को फ्रान्सेली क्रान्तिमा पनि सुचनालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ भनेर पास गरेका थिएँ, हामी १७४९ भन्दा पछाडि भयौं यो एउटा तथ्य हो , अर्को तथ्य के भने, चन्द्रगुप्त मौर्य भारतीय टेलिसिरियल जहाँ धनानन्द र चन्द्रगुप्त चाणक्यको लडाई हुन्छ त्यहाँ सुचनाको प्रयोग परेवालाई गरिन्छ र दुत खटाइन्छ त्यहाँ पनि सत्रुको दुतलाई र परेवालाई सम्मान गरिन्थ्यो यो विफोर क्राइष्ट ३२० को कुरा हो हामी ३२० को भारतीय मगध शासन जुन अशोक सम्राटका वाजेले चलाएको शासनभन्दा पनि पछाडि जंगली रहेछौं भन्ने कुरा भर्खरै मात्र भाई सन्तोष न्यौपानेप्रतिको कायरतापूर्ण हमला हो ।
पत्रकारीतामा एउटा कुरा के हुन्छ भने मृत्युसँग कुनैपनि सच्चा पत्रकार डराउँदैन, सन्तोषले यो गरेका छन् उनी निडर भई सहेका छन् । र अर्को कुरा पत्रकारले सत्य कहिल्यै लेख्दैन यो कुरा अन्धो समाजले वुझे हुन्छ, केवल पत्रकारले सत्य समाचार मात्र संम्पे्रषण गर्दछ, जुन समाजको लागि हित हुन्छ । यसवखत मलाई एउटा जानकारी पाठकलाई दिन चाहान्छु, सायद विजय पाण्डेको लेख हुनुपर्दछ कुनैबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा भारत भ्रमण गएका वखत उनको खुटृमा त्यहाँका राज्यमन्त्रीले ढोगेका थिए । केही महिना पहिले भारतीय पुर्व राजदुत राजदुतका वुवाले कृष्णप्रसाद भट्राईको निवासस्थान पुगेर भट्राईको गुणणान गाए । यदि भारतीय पत्रकारले भारतीय मन्त्रीले नेपालको प्रधानमन्त्रीको पाऊ छोएको समाचार सम्पे्रषण गरेको भए? यदि विजय कुृमार जस्ता दिग्गज पत्रकारले यो विषय वाहिर ल्याएको भए, समाजमा कस्तो छाप पथ्र्यो? त्यसैले वुझ्न जरुरी छ । हरेकले समाजको लागि लेख्ने हो, व्यक्तिको लागि होइन ।
म आफैं मिडियाको सदस्यको हुँ , मेरो इमेलमा हरेक हप्ता विभिन्न विषयमा तालिमहरु खुलेका जानकारी आउँछन् जस्तै, अनलाईन मिडिया तालिम, सुचनाको हक सम्बन्धि तालिम, ग्रामीण पत्रकारिता तालिम, आधारभूत वाल पत्रकारिता तालिम यी तालिमहरु पत्रकारले लिन जरुरी छ यहाँ व्यवहारिक ज्ञान छ । मपनि यो विषयमा कमजोर हुन सकुँला । पत्रकारमाथीको आक्रमण समाजका वा त्यसभित्रका संस्थाका करतुत लुकाउन प्रयोग गरिन्छ । संस्थालाई प्रयोग गर्ने कमाउ धन्दामा लागेकाहरुले के लुकाएका छन्, त्यो महत्वपूर्ण हो, बेल्जियममा पत्रकारले उठाएको विषय भर्खरै हुन लागेको औद्योगिक मेलाको आयोजना यही सेम्टेम्बरमा हुँदैछ त्यहाँ नेपालवाट विभिन्न आश्वसनमा मानिस वोलाएर छोड्ने प्रवृत्तिको विरुद्ध आवाज उठाइएको विषय हो । यहाँ गास, वाँस, मासका लागि पत्रकारिता गर्ने गुगललाई प्रयोग गर्ने महान पत्रकार पनि छन् । हामीले अभाव, दवाव र प्रभावलाई वेवास्ता गरेका थियौं,
तर सन्तोषमाथीको आक्रमण उनले उठाएको विषयको को हो, उनले स्टाटसमा बेल्जियममा भर्खरै हुन लागेको एसेन्टाको विषय हो, जहाँ मानिस ल्याउने छोड्ने प्रक्रियाको विरुद्ध छ, त्यो आगामी केही दिनमा विस्तृत उठाइनेछ । तर उनले सानो स्टाटस लेखे तत्पश्चात मुसालाई खाद्यान्नको निम्ति विषय प्रयोग गरेझैं उनीमाथी माइसँसारको समाचार र साँस्कृतिक कार्यक्रमको नाममा घुसपैठिया एसेन्टा आयोजकले नै गरेको हुनुपर्दछ !यो मेरो शब्द एसेन्टा पछि सबैलाई चेतना हुनेछ । कति मान्छे लुक्नेछन् कति वस्नेछन् हामीले राजदुतावास, नेपाल चेम्बर्स अफ कर्मस् लगायतवाट पत्ता लगाई छाड्छौं यसमा आत्तिनु पर्ने जरुरी छैन, ती चेम्बर्स अर्फ कमर्सले ५ वर्ष नपुगको कम्पनी, कम्पनीको कार्यालय नभएको, कम्पनीको अडिटिङ वार्षिक रुपमा नगरेको, कम्पनीका संचालकहरु विगत विदेश भ्रमण नगरेको, कम्पनीको ३ महिना मात्र नभएर १ साल देखिको वैंकिङ खाता संचालनमा नआएको, यस्ता संस्था र व्यक्तिहरुलाई चेम्बर्सले सिफारीस गर्ने र त्यस्ता कम्पनी र संस्थाले देशको के प्रतिनिधित्व गर्लान गर्भकै विषय छ ।
आफु अनुकूल समाचार नलेखेको, बेलुकी समाचार बनाएर घर आइपुगेर सुत्यो विहान टेलिफोनमा धम्कीका श्वर र एसएमएसहरु प्रसस्त आउने गर्दछन् । ती को हुन भने अवैध व्यापार गर्ने, राजनीतिकको खोल ओढ्नेहरु, अपराधजन्य कामहरु गर्नेहरु यसमा बढी सक्रिय हुन्छन् । त्यस्तैले पत्रकारलाई प्रयोग गरेका हुन्छन् जुन, कालो बजार गर्ने, कालो धनलाई सेतो बनाउने, अनावश्यक प्रचार प्रसार चाहनेहरु, अरु भन्दा आफुलाई ठूलो देखाउन खोज्नेहरुनै बढी प्रयोग गर्न चाहन्छन् भने केही चाटुकारपत्रकारहरु, स्वभिमान नभएकाहरु, जुठो पुरोमा बिक्ने विचौलियाहरु तिनीहरुको मतियार हुन्छन् । पत्रकारले आफुले लेखेको समाचारमा घमण्ड गरेको हुन्छ । उसले समाज र जनताको कुकार्य विरोधमा लेखेको हुन्छ । आफ्ना समाचार पत्रकारका रगतले लेखिएका हुन्छन् । तर परिवर्तको संवाहकका रुपमा रहेका पत्रकारमाथीको हस्तक्षेप जंगली समाजमा मात्रै हुन्छ । जहाँ जंगली समाज हुन्छ त्यहाँ उनीहरु सुरक्षित रहदैनन् ।
महेन्द्र पौडेल, ८।२१।२०१३ मेरो डायरीका पानावाट







No comments:
Post a Comment