महेन्द्र पौडेल

म प्राय सपनामा रम्न चाहान्छु, किनकी सपना नितान्त हुन्छ र व्यक्तिगत, मैले देख्ने सपना अरुले देखेका हुँदैनन् । सपना दुइँ किसिमका हुन्छन् राती मस्त निन्द्रामा देखिने सपना र व्युझिएँपछि देखिने सपना । मलाई बिपनाको सपनामा शोख छैन खैर जे भएपनि मैले देखेको एउटा अचम्मको सपना बाँड्न चाहान्छु । मैले कोठामा तीन चिज राखेको थिएँ । एउटा थियो हाम्रो काली गण्डकीको तिरमा असख्य भेटिने भगवान विष्णुको रुपमा पुजा गरिने शालिकग्राम, दोश्रो थियो पुराना सहिदको शिला भएको सानो तस्विर तेश्रो इण्डीयाको ताजमहलको चिनारी स्वरुप कसैले चिनो स्वरुप दिएको सानो ताजमहल विभिन्न स– साना घरहरु ।
म सुत्नेनेर यी तिनै चिज सजाएर राखेको मैले प्राय सुत्ने बेला एकनजर मेरो यी तिनैचिजमाथी पर्दथ्यो । एकदिन यस्तो सपना देखे यी तिनै चिज आपसमा झगडा गरिररहेको र मलाई न्यायधिसको लागि निम्ता गरे कुरो सपनाको हो । पहिलोले भन्यो – यी तिनैले को भन्दा को कम भन्दारहेछन्, पहिलोले भन्यो म त हजारौंवर्षदेखि यी वर्षा पानी घाम र हावाले मलाई पिरोलीरह्यो सधैं दुखाईरह्यो तर जव मनुष्यको उत्पत्ति भयो त्यसमध्ये केही मनुष्यले मलाई भगवानस्वरुप पुजा गर्न थाले, म यसै त्यसै नदीको तीरतिर हराईरहेको थिएँ मनुष्यले मलाई माया प्रेम गरेर ल्याए अनि ममाथी शीर निहुराएर श्रद्धा, भक्ति गर्नथाले त्यसकारण तिमीहरु भन्दा महत्वपूर्ण र महान म हुँ ।
मैले सुनिरहेँ अव पालो अर्कोको थियो – ‘ म पनि सानो तिनो होइन, म त झन चटट्नभित्र दबिएर रहेको थिएँ । अनेकौं टुक्राहरुमा सजिएर रहेको थिएँ । तर एउटा हस्ति फेला प¥यो सायद उसलाई भगवानले नै पठाएको हुनुपर्दछ उसले ल्यायो र मलाई एककठ ग¥यो र सजायो अहिले म ताजमहलको रुपमा चर्चित छु । संसारलाई प्रेमको उदारहण दिएको छु । उदाहरणीय बनेको छु । हजारौं मानिस आउँछन् मेरा नजिक हजारौं प्रेमीहरु आएर मेरो कसम खान्छन् सँगै मर्ने र सगैं बाँच्ने । यसकारण पनि सबैभन्दा ठुलो र महान हुँ ।
मलाई तेश्रोको के विचार होला कौतुहल पो जाग्यो मैले सुन्न चाँहे तेश्रोले के भन्ला ? उसले भन्यो – म एक भाग्यमानी हुँ किनकी मलाई कपडाले छोपिएर सजाएर राख्छन् म जस्ता मानिसहरुको मुर्ति दिनप्रतिदिन संसारमा बन्दै गएका छन् र कपडाले छोपिएर राखेका हुन्छन् जव उद्घाटन हुन्छ, ओहो तालीले स्वागत गरेर गडगडाहट हुन्छ । मेरो एक नजर पाउन र फोटो खिच्न मानिसहरुको घुइचो लाग्छ, मेरा जस्ता मुर्ति त संसारका हरेक कुना कुना हरेक देशभित्र छन् वरु नाम फरक होला काम फरक होला साधन र श्रोत एउटै हो । अझ देशको ठूला ठूला नेता, महानेता, राजनेता, साहित्यकार, पत्रकार, शोध अन्वेषक, पदयात्री, प्रधानमन्त्री, राष्ट्रपति, राजा, महाराजा,विद्यार्थी, गरिब र धनी सवै वर्षमा एक दुइपल्ट मेरा वरीपरी आएर फुल चढाएर जान्छन् त्यसकारण म पनि महान र ठूलो मान्छे हुँ ।
यी तिनजनाको घमण्ड, दम्भ र प्रकृति हेरेर अब निर्णय गर्ने पालो मेरो थियो म अन्यौलग्रस्त भएँ, मैले तिनैजनालाई चित्त वुझाउनु पर्ने थियो । यी तिनै चिज मेरा कोठामा बहुमूल्य बस्तु थिए । मलाई एक चिजको मन दुखाउने इच्छा भएन मैले – तपाईहरु तिनैजनामा आस्था, भक्ति र माया त भेटे त्यसकारण निर्णय लिन मलाई गाह्रो भयो । र अन्त्यमा मैले भने तपाई तिनै जना भन्दा महत्वपूर्ण अर्को चिज छ,
जुन चिजलाई मानिसले नै बनाउँछ र भत्काउँछ एकातिर भने जुन चिजले मानिसलाई महान पनि बनाउँछ र मुर्ख पनि, किनकी त्यहाँ बस्ने परिवारको भर पर्दछ । तर त्यो चिजमा मानवता छ, तिमीलाई रुवाउँदा पनि उसले देख्छ तिमी हास्दा पनि उसले देख्छ त्यसले धेरै मानवको सेवा गरेको छ, मानवले पनि उसको त्यो चिज भिर पाखा खोला नाला ढुंगा माटोबाट बनेको हो, उसले मानवताको सेवा गरेको कारणले दिनप्रतिदिन वढ्दै गएको छ उसको मुल्य मान र सम्मान मात्र नभएर गुणात्मक र संख्यात्मकमा पनि त्यो हो ‘घर’ । त्यसकारण यो घरबाट नै हाम्रो जन्म हुन्छ र मृत्युपनि यही घरमा अव भन्नुस मानवको सेवा गर्ने नै फैलिदोँ रहेछ संसारमा नयाँ नयाँ रुप रंग र मुल्य लिएर त्यो नै महान हो,भन्दा भन्दै मोवाइले अर्लरम बजायो र उठेँ, ओ हो सपना देखिएछ यस्तो मनमनै सोचेँ, फेरी विपना मेरा लागि पीडादायी दिन सुरुवात भए ।







No comments:
Post a Comment