झापा आन्दोलनदेखि दोश्रो जनआन्दोलनसम्म जेजति आन्दोलन भए, ती सबैमा कम्यूनिष्टहरुको योगदान र सफलतालाई मात्र नहेरेर उर्जा र क्षमतालाई पनि हेर्नु पर्ने हुन्छ । गणतन्त्रको लक्ष्य, लोकतन्त्रको प्राप्तले एकल वंशिय शासनको अन्त्यमा कम्यूनिष्टहरुको ठूलो योगदान रह्रयो । २०४६ सालदेखि २०६३ सालसम्म एकातिर नेपालमा अनेकौं शासन र सत्ता संचालन भए । एकातिर कम्यूनिष्टहरुले जंगलवाट शासन सत्ता संचालन गर्न खोजे भने अर्कोतिर कम्यूनिष्टहरुले संसदवाट सरकार चलाउन पाए ।
कमल चौलागाईलाई रामेछाप जिल्लामा हस्ती मानिन्छन् उनी स्वयं राधाकृष्ण मैनालीको वाटोमा पुगेर स्खलित भए । मोदनाथ पश्रित जसले देवासुर सग्राम जस्तो उत्कृष्ठ ग्रन्थ लेखे । धर्मको कट्टर विरोधी मानिने कम्यूनिष्टहरु देखासिकी गर्दछ् भन्ने कुरा उनकै घर अगाडी भगवानको घण्टा झुण्डाएर पुरानो परिचय दिएपनि धार्मिक आस्था रहेको भान हुन्छ उनी स्वयं राजनीतिवाट पलायन भए । यस्ता नानाथरीका कम्यूनिष्टहरु नेपालको इतिहासमा देख्न पाइन्छ ।
अहिलेका वौद्धिक कम्यूनिष्ट डा. वावुराम भट्टराई स्वयं वावुआमालाई तिर्थाटन गराउन मनकामना दर्शन गर्न लगेका थिए भने प्रचण्ड र माधव कुमार नेपालले धार्मिक आस्थालाई सम्मान गर्दै बोलबमको फेता गुथेको कुरा समाचारमा आइरहेकै हो ।
तर यी सवै हेर्दा लाग्दछ नेपालमा सच्चा कम्यूनिष्ट नै छैनन् । छन् त केवल दुइजना । तर ती को हुन् यसको विवरण दिइनेछ । कम्यूनिष्टहरुले आपूmलाई प्रगतिशील ठान्छन् भने, सबैकुरा परिवर्तनशील हुन्छ भन्छन् भने कमरेड प्रकाश र मोहन विक्रम सिंहको विरोध गर्नु औचित्य छैन । कमरेड प्रकाश प्रचण्ड पुत्र हुन भने कमरेड मोहन विक्रम सिंह स्वयं वावुराम भट्राईका राजनीतिक गुरु हुन । यिनीहरु दुवैजना मात्र सच्चा कम्यूनिष्ट हुन् । किनकी वुढेसकालमा पनि घर परिवारमा परिवर्तन चाहेर विद्रोह गर्न सक्ने हिम्मत राख्ने मोहन विक्रम सिंह पुरातन र परम्परागत नेपाली समाजलाई वास्तै नगरी अग्नी र संस्कारभित्रको सातफेरोको धार्मिक भ्रमलाई तोड्दै नयाँ विवाहमा वाँधिएका थिए । मानिसको इच्छा र आकांशलाई सामाजिक संस्कारभित्र गुजुल्टाएर निकम्मा बनाउनु किमार्थ राम्रो होइन भलै आफ्नो स्वार्थको लागि अरुलाई मर्का नपरोस् ।
त्यस्तै समाज र देश घरपरिवारसँग विद्रोह गर्नसक्ने अर्का युवा कम्यूनिष्ट हुन प्रचण्ड पुत्र प्रकाश उनले पनि भर्खरै मात्र आफ्नै सहकर्मी बीना मगरसँग विवाह नगरेपनि आफ्नो मन दिइसकेका छन् । उनले बीनालाई मन पराउँछन् उनैसँग जीवन काट्न चाहालान् । त्यो उनको वैयक्तिगत अधिकार चाहनाको कुरा हो । त्यसको लागि उनले पुरातन र पिछडीएको समाजसँग विद्रोह मात्र गरेनन् । आफ्नो शक्तिशाली वावुसँग विद्रोहसमेत गरे, तर उनले आफ्नो खुशीको लागि अरुकसैलाई दुःखदिएको सुन्नमा नआएकोले उनीपनि सच्चा कम्यूनिष्ट ठहरिएका छन् । विश्वलाई वदल्छु भन्ने तर परिवारभित्रको पीडालाई बदल्न नसक्ने कम्यूनिष्टहरु नेपालमा नभएका होइनन् त्यस्ता नेता धेरै छन् । जो पार्टी र देशको जिम्मेवारी पदमा पनि छन् । त्यसैले यी दुइवाहेक नेपालमा सच्चा कम्यूनिष्ट छैनन भन्ने लाग्छ ! महेन्द्र पौडल
मेरो देश डायरीका पानावाट । ९।३।२०१३







No comments:
Post a Comment