सन्यासी बन्ने योजना ?
म प्राय ब्लग लेख्छु । पहिला पहिला दैनिकी लेख्थे डायरीमा । अहिले कम्प्यूटरमा ब्लग लेख्छु यो मेरो अर्के प्रकारको छुट्टै डिजिटल डायरी हो । जहाँ ब्लगदेखि वर्तमान राजनीतिक, समसायिमक लेख, साहित्य देखि मनमा उठेका अनुभूतिहरु लेख्छु । तर पनि नोटबुक सधै हुन्छ मसँग केही टिपीहाल्ने बानीका कारण ।
कहिलेकाँही सोच्छु म कहाँ आए? कुन ठाउँमा आए? किन आए? मलाई यस्ता प्रश्नले वारम्वार घचेट्छन् । जीवन वितृष्णाको तृष्णा हो, यीनै तृष्णाको पछि लागेर म सात समुद्रपारी आएँ । आत्मिय विचार, सिद्धान्त र वैचारिक मेल केवल कोरा हुन् । मानिस आदर्शको पछि लाग्छ वा आदर्शलाई आत्मसात गर्दछ वा आदर्शलाई नै जीवन्त ठान्छ भन्ने मेरो वाल मष्तिष्कमा तुषारापात हुन पुग्छ । मानिस कारण र अवस्थाले कसैको मित्र हुन सक्दछ । अरु सबै कोरा हुन । तर म आर्थिक गरिवीको चरमसीमा नाघेर युरोप छिरेको एउटा फिरन्ते हुँ । मेरा समकालिन यहाँ छैनन । मैले आफ्ना समकालिन साथीभाई सवैलाई छोडेर फिरन्ते जस्तै लहडमा युरोप छिरेको हुँ । मैले जिन्दगीको सारा रहर पुरा गरिसके । समकालिन साथीभाई भन्दा उत्कर्ष भोगाईहरु भोगे । कहिले आनन्दको चरमसीमा खोज्दै हिडेँ । कहिले गरिवीको अति ठूला रेखामुनि जिन्दगीको नियतीलाई डोराएँ । हर समय म विचलित भइन । मभित्र जहिलेपनि एउटा उर्जा रहन्थ्यो त्यो के भने ‘आशा र विश्वास’ म स्वयं आपूmमा विश्वास राख्दथे ।
मेरा विश्वासको पात्र हुनुहुन्थ्यो मेरा पिताजी । थाहै नपाई आमाले छोडेर गएपछि म एक्लो बनेको थिएँ तर मलाई हर हमेशा साथ दिने मेरो दाई थियो । दाइको अकस्मात २२, २४ वर्षको लाऊँ लाऊँ खाँऊ खाऊ भन्ने उमेरमा दुर्घटना हुन पुग्यो र उसले पनि मलाई छोड्यो । बुबा म र दाईको एउटा सपना हुन्थ्यो केहीगर्ने हामी वुवाको निर्देशानुसार केहीगर्ने सोचमा हुन्थ्यो । दाईको मृत्युले विक्षिप्त बनेका मेरा बुबाले पनि मलाई एक सालकै अन्तरालमा छोडेपछि ममा कुलतको लत लाग्नु स्वभाविक हो । काठमाडौंको डेरामा आपूmलाई भुलाउन मैले हरचिजको उपयोग गरे । त्यहाँदेखि नै मैले सिगरेटको सुरुवात गरेको हुँ । करिव करिव दुइपाकेट शिखरले मेरो धित मर्दथ्यो । ती पलहरुमा कतिपल्ट रोइयो होला, कतिपल्ट हासियो होला? समयले मलाई धेरैजनासँग परिचय बनायो, राम्रा नराम्रा, अनेकौं साथीभाई सन्चारका साथी, राजनीतिक साथी, व्यपारिक साथी, पढाइका साथी, साझेदारी साथी यी विचमा कतिले धोका दिए । कतिले छोडे, कतिलाई मैले पनि छोडे । तर कुनैपल ममा यसरी धनको वर्षा भयो कि मैले समाल्न नै नसक्ने गरी । ती मेरा स्वर्णकाल थिए ।

म आनन्दको पछी जहिले पनि दौडिए, कहिले काठमाडौंको वागवजारको बुद्धविहार, कहिले जामे मस्जिद, कहिले रसियन कल्चर त कहिले ओम शान्ति कहिले लुम्बिनी यी हरेक ठाउँमा दौड्दा दौड्दै ग्रन्थहरु पनि त्यस्तै किन्थे मन बहलाउन । आनन्द र शान्ति खोज्ने पाउने क्रममा मैले धेरै मित्रपनि गुमाएको छु । त्यतिमात्र होइन मेरो गुनासो भगवानसँग एउटै कुरामा रह्यो, मलाई दिएको ‘भगवानले कमलो मन र विश्वास’ यसले गर्दा म आफैंले धेरैपटक पीडा पाएको छु । अरुको पीडा देख्न नसकेर आफैं भोगिदा अवहेलित भएको छु । यी साध्य छैनन ।
अव म पुर्णत सन्यासको प्राक्टीस गर्ने चक्करमा पुगेको छु । सन्यासको प्राक्टीस करिव दुइवर्षसम्म गर्नसके भने बल्ल पूर्णत सन्यासी जीवन विताउँला । त्यतिबेला मलाई लाग्ला अतृप्त जीवनवाट म तृप्त जीवनतिर उन्मुख हुँला । यो वाहिरी संसार साँच्चै अतृप्त हो । जति भएपनि जति गरेपनि नपुग्ने रहेछ । यी अतृप्त संसारवाट तृप्तमा जाने मेरो विचार आएको छ । मानिसहरु भन्लान किन यति सानो उमेरमै बल्ल त जीवनमा ३० औं वसन्तमै छु । यतिबेला भोग देखिसके जीवनको भने अब के देख्नु छ र? करिव ३०, ४० वर्ष आरामको जीवनको पनि चाहियो । यही सेप्टेम्बर ७ वाट मैले सन्यासीको तयारी गर्नु छ । क्रमश
९।४।२०१३ १५ः००

.jpg)

No comments:
Post a Comment