w

twitter facebook google plus linkedin rss feed email

Friday, September 20, 2013

बेल्जियमको एसेन्टा, चिन्ता र जलन

यही सेम्टेम्बर १५ तारिखवाट शुरुभएको भ्लान्दरन व्यापारिक मेलामा २२ सेम्टेम्बरमा सकिँदेंछ । उक्त मेलामा बेल्जियम सरकारले नेपाललाई ‘गेष्ट अफ अनर’ को मौका दिएको थियो । जसलाई करिव गतसाल फ्रेवुअरीमा मैले सौर्य राष्ट्रिय दैनिकमा समाचारको कभरेज बनाएर पठाएको थिएँ । त्यसयता त्यसमेलामा ठूलै चलखेल शुरु हुन पुग्यो ।
तस्वीर शेर वहादुर छन्त्याल नेपाल प्लसवाट  । 
सर्वप्रथम यो एउटा बेल्जियम सरकारले नेपाललाई दिएको मौका थियो र यसलाई हामीले व्यक्तिगत रिसइवीलाई थाँती राखेर देशलाई चिनाउने मौकामा एकजुट हुनुपर्ने खाँचो थियो । तर भैदियो के भने यस मेलाका  संयोजक अर्जुन कुमार श्रेष्ठले आफ्ना खल्तीका मान्छेलाई छानी छानी जिम्मेवारी वाँडफाँड गरे । सर्वप्रथम मैलेनै समाचार कभरेज गरेको कुरालाई हेक्का नराखी उक्त मेलामा मलाई कुनै जिम्मेवारीसमेत बहन गर्न दिइएन । तथापि यसमा मलाई कुनै पछुतो भने छैन ।
मेला असफल 
परन्तु, अवसरलाई सदुपयोगमा प्रयोग गर्नका लागि को कति सक्षम भए भन्दा पनि को कसले कस्ता रोल खेले भन्ने कुरा स्वयं संयोजकलाई थाहा होला । बेल्जियमवासी नेपालीहरुको पक्षवाट हेर्नेहो भने यो मेला पूर्णत असफल हो । यसभित्र गुट उपगुटको तारतम्यले मेलालाई पूर्णत असफल सावित गरिसकेका छन् स्वयं संयोजकलाई हरसम्भव असफल बनाउन प्रयासरत भए । तर सरकारका पक्षवाट भन्नेहो भने मेला पूर्णत सफल हो । हामी कहाँ चुक्यौं भन्ने प्रश्न महत्वपूर्ण छ । किन असफल हो बेल्जियमवासी नेपालीका पक्षमा भन्ने सवालमा दुइटा प्रश्न उठान गर्न जरुरी छ ।
सर्वप्रथम पहिलो यो मेलाको अवसर बेल्जियम बस्ने नेपालीको हैसियत हेरेर बेल्जियम सरकारले मौका दिएको होइन । सबैको हैसियत एकदशक अगाडीदेखि शरणार्थी भएर क्याम्पमा बसेर पाउरोटी टोकेर आएका हैसियतका हुन् । यी हैसियत भएकाहरु झुठ, लडाई झगडा, विभिन्न धर्मभिरुहरुलाई ल्याएर उधारो दान बोल्ने, अध्यात्मिक र बैज्ञानिकले पनि प्रमाणित गर्न नसकेको अनुहार हेरेर भविष्य बताउन सक्नेहरुका पक्षमा लाग्ने, धुकुटी खेलाएर ठग्ने पुलिस प्रशासन गुहार्ने, राजनीतिक वा साँस्कृतिक कार्यक्रम भयो भने एकपक्ष विथोल्न जाने अर्को पक्ष सुरक्षा कर्मी गुहार्ने  यस्ताखाले नेपालीहरुको वसोवास रहेको यो ठाउँलाई बेल्जियम सरकारले पत्याएर दिएको होइन ‘गेष्ट अफ अनर’। अर्को कुरा धुकुटीबाट व्यवसायी बनेकाहरुलाई बेल्जियम सरकारले रातो कार्पेट विछ्ुयाएर ल्याएको पनि होइन यहाँ भएका कुनै पनि संघ संगठनको बलले यो अवसर प्राप्त भएको पनि होइन । तर पनि केही मानिसहरुले यो मेलाका अवसरमा पोखेका चिन्ता पनि हाँस्यास्पद छ ।
चिन्ता र जलन
एसेन्टा मेला चलिरहेको छ । मानिसहरु भनिरहेका छन् मानव तस्कर भयो मानिसहरु लुके । यो चिन्ता हुनु स्वभाविक हो तर जसले चिन्ता गरिरहेको छ उसले हिजो एसेन्टा मेला आयोजकहरुलाई सहयोग गरे वा गरेनन् । जव उनीहरु सहयोग गर्दैनन् भने अहिले चिन्ता गर्नु आवश्यक छैन त्यो चिन्ता त केवल जलन र इगो हो । यस्ता जलन र इगो भएका समाजमा यसका आयोजकले कठिन परिश्रमका वावजुद अहोरात खटेर कार्यक्रम गर्दैछन् । उनीहरुले आफ्नो धरातल विर्से  हिजो पासपोर्टमा अरुका फोटो छापेर बेल्जियम आए अनि नाम ढाँटेर बेल्जियममा वसोवास गरे । हजारौं पल्ट हात जोडेर भगवान पुकारेर कागजको दुवा मागे । आज जब देशलाई चिनाउने बेला आयो त्यसबेला अलिकति जोडेका घरखेतको धाक र रवाफ निकाल्दै देशनै विर्से । विदेशी पासपोर्ट वोकेर हिडेकाले देशलाई के माया गर्लान? अनि तिनीहरुले यस मेलाका विषयमा राम्रो बोलिदेलान, संयोजकलाई सहयोग गर्लान सोच्नु मुर्खता सिवाय केही होइन । उनीहरुले सोचे यिनीहरु त लुक्न आए त्यसोभए हामीहरुलाई बेल्जियम सरकारले रातो कार्पेट विछुयाएर राखेको हो ?
खोज्नु पर्ने कहाँ?
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्य र सहयोगमा चलिरहेको यो मेलालाई बेल्जियमस्थित दुतावासले सहयोग गरिरहेको हो नकि यहाँका कुनै एनआरएन वा संघ संस्था । मैले पहिल्यै भनिसकेको विषय के थियो भने कुनै फर्म वा कम्पनी आधिकारिक हो वा होइन त्यो हेर्ने सिफारीस गर्ने चेम्बर अफ कमर्समा दर्ता भएका फर्म थिए वा थिएनन् भन्ने हो । यी विषयमा महासंघसंग छलफल पनि भएको थियो । तर कुनै पनि फर्मले प्रक्रिया पुरा गरेर आउँछ भने चेम्बरले स्वीकृत गर्ने पर्ने हुन्छ भएको त्यही हो । र भिषा ढिलो भएका कारण प्रयाप्त सामान आउन सकेन । कसैलाई केही विषय जान्नु छ खोज्नु छ नेपालमै खोजे हुन्छ यहाँ कसैले कसलाई गाली गरेर केही हुँदैन । बरु यस दौरानमा अर्जुन कुमार श्रेष्ठको टिमले एकदम मेहनत गरेको पाइयो । नेपाली समाजमा उनी जसरी अरुपनि खटिदिए धेरै सुधार हुन्छ । नेपालको पहिचान अगाडी बढ्छ । प्राविधिक त्रुटी र केही कमजोरी हुनु स्वभाविक हो मानिस आफैं सर्वेसर्वा हुँदैन । 
वौद्धिक दिवालियापन
मलाई बेला बेला लाग्छ म कस्तो देशमा कस्ता मानिसका मेन्टालिटी भएको ठाउँमा आए । हरेक गतिविधिलाई पोजेटिभ बनाउनका लागि नेगेटिभ लेखिएका हुन्छन् तर नेगेटिभ मेन्टालिटी भएर होइन बेल्जियमका मानिसहरुको सोच्ने शक्ति कहिलेकाँही देखेर अचम्म लाग्छ । वाहिर हिड्यो मानिसलाई किन्ने र वेच्नेका कुरा गर्दछन, फलानो विक्यो ढिस्कानो विक्यो । हिजो उनीहरु दलालका हातवाट विकेको रोष पत्रकारमाथी पोख्दैछन् स्तर र औकात आफैं देखिँदो रहेछ । 
सरकारीस्तरबाट मेला सफल
मेलामा भागलिन नेपालबाट आएका अर्थमन्त्री शंकर कोइरालाले युरोपियन युनियनसँग ९ मिलिनियमको प्रोजेक्ट पास गरे । यो अत्याधिक सफलताको विषय हो । यसवाट पनि सरकारीस्तर नेपाली राजदुतावास र यसको श्रेय स्वयं यस मेलाका आयोजकलाई पनि जान्छ । कर्मचारीतहवाट युरोपियन युनियनमा सहभागी हुँदा केही सफलता नै प्राप्त होला भन्ने मेरो मनमा लागेको थियो करिव १ महिना अगाडी मैले त्यही भएर यसप्रति अलि चाँसो राखेर नेपाली राजदुतावास बेल्जियममा चाँसो राखिरहेको थिए डेलिगेसनका विषयमा मलाई के थाहा थियो भने युरोपियन युनियनले कर्मचारीहरुलाई विश्वास गर्दछ राजनीतिक पार्टीका मान्छेहरुलाई भन्दा तसर्थ पनि यो उपलव्धिपूर्ण हो र उहाँको भ्रमणको सार्थकता पनि हो । भर्खरै मात्र युएनको डेलिगेसनमा रद्द गरेका कोही मन्त्री र भ्रमण छोट्याउन पुगेका मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मी पत्रकार र जनस्तरवाट व्यापक विरोध भएवाट हो । त्यसैले पनि हामीले अर्थमन्त्री शंकर कोइरालाको बेल्जियमको भ्रमण अगाडी नै विरोध गर्न सकिन्थ्यो तर कर्मचारीवृत्तवाट मन्त्रीभएकाले युरोपियन युनियनले विश्वास गर्नसक्ने आधारलाई नै सोचेर यूएनमा भागलिन तरिकाको यो भ्रमण नभएकाले विरोध नगरिएको हो नत्र उहाँका ठाउँमा कोही सहायक विभागीय वा अन्यले भाग लिन सक्थे ।
एसेन्टा मेला र नेपाल मेला
एसेन्टा जस्तो विदेशीहरुले गरेको मेलामा नेपाल मेला राख्ने भन्ने एनआरएनको यो प्रयास उच्च छ । यसलाई सहयोग गर्नुपर्ने ठाउँमा नेपालीहरु फेरी इगोका कारण विभक्त भएको देख्दा वौद्धिक दिवालियापन देखिन्छ । यस्तो अवसरलाई मौकामा परिणत पो गर्नुपर्दछ । यस्तो उचित अवसरमा नेपाल मेला गर्नु राम्रो सौभाग्य पनि हो । 
प्रचार प्रसारमा कमी
समाचार बनाउन सम्पे्रषण गर्न कति कमजोर छन भन्ने कुरा म सानो उदाहरण दिन्छु केही दिन पहिले एनआरएनका अध्यक्ष जीवा लामिछाने र महामहिम राजदुत राममणी पोखरलेको संयुक्त तत्ववधानमा हल्याण्डको हेगमा बुद्ध मुर्ति स्थापना गरिएको थियो । तर त्यहाँ महत्वपूर्ण व्यक्ति थिए हेगका प्रमुख न्यायधिस ती भनेका सम्पूर्ण विश्वकै उच्च न्यायधिस मध्येका पनि एक न्यायधिस हुन जसले संसारलाई न्याय दिन्छन् तर समाचार उनी लगायत त्यहाँका न्यायधिसका विषयमा पूर्णत कभरेज हुन सकेन । एनआरएनका केही व्यक्तिका विषयमा र राजदुतका विषयमा कभरेज भयो दुःखलाग्यो कुरा । यही एसेन्टामा पनि जति समाचार आउनु पर्दथ्यो त्यो हुन सकेन । डा. सुशील कोइरालाले आफ्नै अभियानमा गुलाब अभियान गरे जव उनले नेपालमा गुलाव अभियान गर्दथे कान्तिपुरमा पूर्ण स्टोरी र अरु मेडियामा कभरेज हुन्थ्यो विदेशमा त्यो हुन पाएन यसलाई भनिन्छ कोप पत्रकारिता र अरु धेरै विषय छन् मेरो स्वास्थ्यस्थीति सुध्रिएपछि वाहिर ल्याउनै छु ।  महेन्द्र पौडेल
९।२०।२०१३  समय १४ः०२ बेल्जियम 
नोटःजानकारी दिएर कहि कतै प्रकासित गर्दा हुन्छ । 

No comments:

Post a Comment