w

twitter facebook google plus linkedin rss feed email

Saturday, September 21, 2013

सामाजिक सञ्जालमा भट्टराईको अभिव्यक्ति कान्तुपरकर्मीप्रति ?

नेकपा एमाओवादीका द्वय नेता छन् जो मनगढन्ते उतार चढावका विषयमा अनावश्यक वोलेर चर्चामा आउन चाहन्छन् । भर्खरै मात्र उक्त पार्टीका प्रभावशाली नेता मानिएका बाबुराम भट्टराइले ट्वीटरमा दिएको अभिव्यक्तिप्रति ट्वीटर, फेसबुकलगायत सामाजिक सन्जालमा उनको विरोध शुरु भइरहेको छ । के थियो उनले दिएको अभिव्यक्ति जस्ताको तस्तै ‘ एउटा दैनिक पत्रिकाका जागिरेले हामी आजीवन देश र जनताको सेवामा निस्वार्थ समर्पितको देशभक्तिमाथि प्रश्नगर्ने ध्रिष्टता गरेको देख्दा दया लाग्यो।
 यो उनको अभिव्यक्ति देखेर म अचम्ममा परे । किनभने हिजो म स्वयं पनि एउटा दैनिकी पत्रिकाको जागीरे थिएँ । जवमैले ठूला भनाउँदा प्रभावशाली भनाउँदा जसको एउटा वोलीले देशको मुहार फेरिने नेताको अन्तरवार्ता वा भनाई रेकर्ड वा टिपोट गर्दथे । उनीहरुले गर्ने ठूला ठूला होटलमा रेड लेवल र वियर खुवाएर प्रेस सम्मेलन गरिन्थ्यो । त्यतिबेला जनता र राष्ट्रलाई उपयुक्त लाग्ने प्रश्नहरु सोधेरे ठूला कुरा गरेर जव होटल वाहिर निक्लीन्थ्यो केवल पैदल ट्याक्सी वा गाडी भाडा हुन्थेन ।आज भट्टराईको अभिव्यक्तिवाट मैले यही महसुश गरे जुन काठमाडौंमा वसेर पत्रकारिता गरेका पत्रकारसाथीहरुको अनुहार सम्झेर । मैले त्यो अभिव्यक्तिलाई कटिङगरी फेसबुकमा टाले ‘जागीरे पत्रकारले उनलाई प्रश्न  गर्न नहुने रैछ’ लगत्तै धेरै कमेन्टहरु आए कमेन्ट गर्नेमा वरिष्ठ पत्रकार गोविन्द अधिकारीले भने ‘हामीले जागिर खाएर पत्रकारिता गरेकाछौं जनताको लुटेर खाएका छैनौ, देश ठगेर खाएका छैनौ। देशभक्ति हाम्रो निम्ति प्रदर्शन गर्ने पाखण्ड हैन’  त्यसयता मलेशियावाट सक्रिय सामाजिक सन्जालमा जनकमान डंगोल लगायत अमेरिका निवासी अमृता लम्सालसमेतले उनको विरोध गरिसकेका छन् ।
सँगसँगै बाबुराम भट्राईलाई ट्वीटरमा समेत वरिष्ठ पत्रकार प्रतिक प्रधानसमेतले जवाफ फर्काइसकेका छन् । हेर्नुहोस कस कसले ट्वीटरमा के भने बाबुराम भट्राइलाई ।

त्यसो त केही दिन पहिले एक अमेरिकी विमान नेपालको भारतीय आकाश हुँदै विनासूचना सिधै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण ग¥यो । सामाजिक सन्जाललगायत नेपालका पत्रपत्रिका एवं अनलाईनहरुमा व्यापक विरोध पनि भयो । तर यी विषयमा भट्टराईको अभिव्यक्ति आएन बरु उनले नेपाली अधिकारीलगायत मिडियाकर्मीको ध्याननै मोड्न केही दिन पहिले भारतीय प्रहरीहरु नेपाल घुसेको र तनहुँमा जर्मन राजदुतले वोलेको विषयलाई लिएर फेसबुक र ट्वीटरमा विरोध जनाए लगत्तै उनको मिडियामा कभरेज हुन पुग्यो भने विमान अवतरणको विषयमा ध्यान नै पुगेन । विमान विषयलाई लिएर मिडियामा मिश्रित प्रतिक्रिया आए कुनै मिडियामा नेपाल सैनिकसँग जानकारी लिएर आएको त कुनै मिडियामा जानकारी नलिइ आएका सवालहरु उठ्न थाल । ट्वीटरमा बाबुराम भट्टराईको अभिव्यक्ति कान्तिपुरका सम्पादक सुधिर शर्माप्रति लक्षित हुनुपर्दछ Û त्यसैको फलश्वरुप यो अभिव्यक्ति आएको हुनुपर्दछ । शर्माको किताव अहिले वजारमा व्यापक चर्चामा छ ।शर्माले भर्खरे मात्र नेपाली वृत्तमा एउटा हलचल मच्याइने खालको एमाओवादीवारे छताछुल्ल पारिएको प्रयोगशाला नामक किताव प्रकाशमा ल्याएका छन । त्यहाँ उनले माओवादी, भारतलगायत नेपाली सेनाका अवयवहरुलाई विस्वतृत प्रस्तुत गरेका छन । सामाजिक सञ्जालमा भट्टराईको अभिव्यक्ति कान्तुपरकर्मीप्रतिनै लक्षित भएको हुनुपर्दछ भन्ने अहिले आशंका व्यापक  भएको छ <

No comments:

Post a Comment