w

twitter facebook google plus linkedin rss feed email

Sunday, June 10, 2018

शुरु गर्दैछु ...


करिब दुइवर्षको अन्तरालपछि मेरो डिजिटल डायरी अपडेट गर्ने प्रयासमा छु । ४२ हजारले हेरिसकेको मेरो यो डिजिटल डायरीमा समसामयिक राजनीतिक विश्लेषण, कविता, कथा र मेरा मनभित्र रहेका उकुस मुकुस भावनाहरु राख्ने जमर्को गर्दछु । समयसँगै परिवर्तन हुनेक्रममा पहिलापहिला मैले कलमले लेखेर डायरीका पानाहरु भर्दथे भने आजभोली डिजिटल डायरीसम्म पुगेको छु । मानिस आफैंमा खुल्ला किताव हो । प्रत्येकले आफ्नै स्वादअनुसार मानिसलाई पढ्छन् र बुझ्छन् मलाई पनि कसैकसैले सायद त्यही स्वादअनुसार पढे र बुझे होलान भन्ने लाग्दछ । हामीले समय, अवस्था र परिस्थितिसँगसँगै मानिसलाई बुझ्नुपर्ने हुन्छ । कतिपय अवस्थामा समय अवस्था र परिस्थिति बुझेर पनि मानिसलाई नबुझिएको हुन्छ भने कतिपय अवस्थामा मानिसलाई बुझेर पनि समय, अवस्था र परिस्थितिलाई नबुझिएको हुन्छ परन्तु मानिस आफैंमा परिवर्तनशील प्राणी भएकाले समय, अवस्था र परिस्थितिअनुसार ऊ स्वयं परिचालित हुने हुनाले यसको तारतम्य मिलाउन नसक्दा दुर्घटना हुने हो जसको कारण गलत बुझाई हो भन्ने लाग्दछ ।

No comments:

Post a Comment