w

twitter facebook google plus linkedin rss feed email

Wednesday, September 12, 2018

याद (कविता) – महेन्द्र पौडेल

याद (कविता)  – महेन्द्र पौडेल

सुकेका पतझडहरु आहतबाट, मलाई तिम्रो याद आउँछ,
मन चन्चल चित्त उपवनमा, एक सुगन्ध छाइरहेको छ
मेरो मुटुको गहिराईलाई सोध, तिमी पाउन कति अथाह होला
कति छ तिमीप्रति मेरो माया, जति बाँच्नका लागि सास जति छ
एकपल रहन नसक्ने भैसकेँ तिमी बिना, कतै विलिन हुन्छु कि
तिमी रफ्तारमा आऊ छाल झैं मेरो धड्कन तिमीलाई खोजीरहेको छ ।

तिमी थियौ त लाग्थ्यो, जस्तो संसारै मेरोसाथमा छ,
एउटा छुटृै महसुस हुन्थ्यो तिम्रो पर्खाइमा दिनरात छ
घडीको सुई भागीरहन्थ्यो, जब तिमी मेरो साथ हुन्थ्यौ
लाग्दैछ आज यो सुईपनि तिमीबिना हिड्न छाडिसक्यो
एकपल रहन नसक्ने भैसकेँ तिमी बिना, कतै विलिन हुन्छु कि
तिमी रफ्तारमा आऊ छाल झैं मेरो धड्कन तिमीलाई खोजीरहेको छ ।

देखेँ कोही युगललाई तब, मलाई तिम्रो याद आउँछ
तिम्रा हर याद पुरानाहरु, फेरी ताजा बनेर आउँछ
तिम्रो मेरो कथाहरुको गीत, फेरि उहीँ तब गाइँदैछ
मुटुको यो सुन्य बगैंचामा, एउटा हलचल मच्चिदैंछ ।
एकपल रहन नसक्ने भैसकेँ तिमी बिना, कतै विलिन हुन्छु कि
तिमी रफ्तारमा आऊ छाल झैं मेरो धड्कन तिमीलाई खोजीरहेको छ ।

प्रत्येक समय उदास रहन्छु मन चंचल र चित्त छालजस्तो
तिमी मेरो संसारबाट जब गयौ, हतास भयो ब्यक्तित्व मेरो
फर्क त्यो आँगनमा जहाँ तिमीले डिल लगाएकी थियौं
गरिनेछ एउटा सुरुवात नयाँ, तिमी केवल एउटा मौका देऊ
एकपल रहन नसक्ने भैसकेँ तिमी बिना, कतै विलिन हुन्छु कि
तिमी रफ्तारमा आऊ छाल झैं मेरो धड्कन तिमीलाई खोजीरहेको छ ।

क्वारतेरिया, लिस्वन । ९।१३।२०१८ समय ः९ ४१ राती ।

No comments:

Post a Comment