w

twitter facebook google plus linkedin rss feed email

Friday, February 15, 2019

कसरी बचाउँ तिम्रो प्रेमपत्र?

महेन्द्र पौडेल

मनबाट तिमीले दिएको प्रेमपत्र
गिद्ध त्यो पत्रलाई लुछीलुछी खान्छ
चोर आयोभने त्यो प्रेमपत्र चोर्छ
जुवाडे त्यो प्रेमपत्रलाई नै दाउमा लगाउँछन्
जोगी आएभने दानमा माग्छन् त्यो प्रेमपत्रलाई
वर्षाभयो भने त्यही प्रेमपत्रलाई भिजाइदिन्छ
बैंकले जमानत प्रेमपत्रलाई नै राखिदिन्छ
सर्प आयो भने डसिदिन्छ त्यही प्रेमपत्रलाई
मौरीले पनि मेरो त्यही प्रेमपत्रको रस निकाल्छ
आगो लाग्यो भने जलाई दिन्छ त्यही पत्रलाई
कुकुरले यदि देख्यो भने भुकिदिन्छ त्यही पत्रलाई
गाइबस्तुले देखेभ
ने चपाईदिन्छ प्रेमपत्रलाई
किरा फट्यांग्राले देखेभने काटिदिन्छ त्यही प्रेमपत्रलाई
यदि प्रलयको आएछ भने साराले आफ्ना बेदहरु बचाउँनेछन
कसैले बचाउने छैनन् तिम्रो प्रेमपत्रलाई
कसैले मक्का मदिना रोम बचाउनेछन
कसैले सुन, चादी र गरगहना बचाउनेछन्
यतिबेला म एक्लै लडिरहेको छु, निस्लोट,
यतिबेला म एक्लै सोचिरहेको छु, एकान्त
यतिबेला म एक्लै दौडिरहेको छु, अनन्त,
प्रीय, म भिडिरहेको छु एक्लैएक्लै भन कसरी बचाउँ
तिम्रो प्रेमपत्र ?
अमलटारी । १६।०२।२०१९

No comments:

Post a Comment